खसी किन्न खाद्यमा व्यापारीको भिड (फोटो फिचर)
3 - 3Shares
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंलाई लक्षित गरि ल्याएका खसीबोका किन्न व्यापारिको भिड लागेको छ । खाद्यले ल्याएका खसीबोका बजार मुल्य भन्दा किलोमा सय रुपैयाँ सस्तो भएपछि व्यापारी त्यस तर्फ आकर्षित भएका हुन् । सोमबार बाट सूरु भएको विक्रिकक्ष भिड छ ।
खाद्यले जिउँदो खसीबोका किलोको ५ सय ५० रुपैयाँमा बिक्री गरे पनि बजारमा भने जिउँदो खसीको मूल्य किलोको ६ सय ५० रुपैयाँमा कायम गरिएको छ ।
बजारलाई अनियन्त्रित हुन नदिन र उपभोक्तालाई राहत दिन ५ सय ५० रुपैयाँमा खसीबोका बिक्री गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले बताएका छन् । खसीबोकाले खरिद मुल्य गत बर्षको तुलनामा ४० रुपैयाँ बढी परेपनि प्रतिकुल समय भएकोले कम्पनीले घटा खाएर भएपनि उपभोक्तालाई राहत दिएको सुवेदीको भनाई छ ।
कम्पनीले खसीबोका हेटौडाबाट प्रति किलो ५ सय ३५ देखी ५ सय ५० रुपैयाँमा र दाङको तुल्सीपुरबाट ५ सय देखी ५ सय ८० रुपैयाँमा खरिद गरेर ल्याएको हो । विगतका बर्ष कम्पनीले सिराह, बाँके र मकवानपुरबाट ल्याउने गरेको थियो । कम्पनीले मंगलबारसम्ममा एक हजार खसीबोका ल्याउने बताएको छ । बजारको अवस्था हेरेर थप ल्याउन सकिने सुवेदीले बताएका छन् ।
हरेब बर्ष कम्पनीले दशैं तिहार लक्षित गरि भेडाच्याङ्ग्रा र खसीबोका ल्याउदै आएको थियो तर यस बर्ष भने केभिडका कारण भेडाच्याङग्रा ल्याउन सकेन । ६० प्रतिशत तिब्बत सँगको निर्भता रहेका करण तिब्बतबाट आउन नसक्दा मुस्ताङमै भेडाच्याङग्राको मुल्य बढेपछि ल्याउन नसकिएको सिईओ सुवेदीले बताएका छन् ।
कम्पनीले यस बर्ष १४ सय भेडाच्याङग्रा ल्याउने निर्णय गरेको थियो तर टेण्डर एक हजारको मात्रै निकालेको थियो । एक हजारमा पनि दर रेट नमिलेपछि च्याङ्ग्रा नल्याउने निर्णय गरेको हो ।
सरकारी कम्पनी मात्रै होइन व्यापारीले समेत यस बर्ष कम च्याङग्रा ल्याउदै छन् । महँगो भएकाले खपत कम हुने भएकोले कम ल्याउन लागेको व्यापारीको भनाई छ ।