ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चौतर्फी विरोधपछी दशैँ भत्ता फिर्ता गराउने सांसदको संख्या बढ्दै ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

संघीय संसदका सदश्यहरुले दशैँ भत्ता वुझेको विषयलाई लिएर चौतर्फी विरोध भएपछी भत्ता फिर्ता गराउनेको संख्या वढ्न थालेको छ । कोभिडको महासंकटको समयमा संघिय संसदले जनप्रतिनिधिहरुलाई भत्ता वाडेको समाचारले संसद तथा सरकारको तिव्र विरोध भइरहेको छ । जनता रोग र भोकले आक्रान्त भइरहेको समयमा जनताको सेवा गर्न संकल्प लिएर जननिर्वाचित सांसदहरुले भत्ता वुझ्नुलाई धेरैलाई विचलित वनाइदिएको छ । नियमित तलव वाहेक उनीहरुले दशैँ महिनाको अतिरिक्त भत्ता वुझेका हुन् । यतिवेला मुलुको ढिकुटी गहिरो संकटमा छ । उद्योग , व्यपार ,व्यवसाय र रोजगारी कोभिडको सर्तकता स्वरुप सरकारले लगाएको लकडाउन र निषेधाज्ञाका कारण संकटग्रस्त वनाएका छन् । विशेष गरेर पर्यटनका क्षेत्रहरु होटल, रेष्टुरेण्ड , ट्रेकिङ , ट्रभाल एण्ड टुर , पर्वतारोहण लगाएका क्षेत्रको ठप्प छन् । त्यस्तै वैदेशिक रोजगारी सम्वन्धि काम गरिरहेका म्यानपावर व्यवसाय पनि वन्द अवस्थामा छन् ।

असोज महिना सुरु भएसँगै वैदेशिक व्यपारमा केही सुधार देखिएको छ । जसका कारण बैंक तथा वित्तिय संस्थावाट कर्जाको माग वढ्न थालेको छ । बैदेशिक व्यपारमा आएको सुधारले भन्सार तथा निर्माणको क्षेत्रवाट सरकारलाई प्राप्त हुने राजस्वमा केही सुधार देखिएको छ । यद्यपी विगतका महिनाहरुमा राजस्व संकलनमा कमी आउँदा सरकारले दैनिक प्रशासन सञ्चालन र कर्मचारीको तलव खुवाउन आन्तरिक ऋण उठाएको छ । यद्यपी वजेटमा आन्तरिक ऋण विकास निर्माणको काममा मात्रै उठाउन पाउन व्यवस्था गरेको छ ।

पछिल्लो समयमा कोभिडबाट संक्रमित हुने संख्या र यसवाट मृत्यु हुनेको संख्या पनि तिव्ररुपमा वढीरहेको छ । तर यस्तो समयमा सरकारको ध्यान सांसदलाई भत्तामा वाँढ्न केन्द्रित देखिन्छ । जनतालाई आफै उपचार गर भन्ने सरकार सांसदलाई भत्ता वाँड्न चाँही अगाडी देखिएको छ ।

नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभाका सदश्य नारायणकाजी श्रेष्ठले चैत्र महिना देखी नै राष्ट्रिय तलव भत्ता वा कुनै पनि प्रकारको सुविधा नलिएको वताउँछन् । उनले आफ्नो दुई महिनाको पारिश्रमिक कोरोना कोष र वाँकी ८ महिनाको तलव कोभिड आर्थिक पुनरुत्थान कोषमा दिने निर्णय गरेको द प्रेस नेपाललाई जनाकारी दिए । श्रेष्ठले सबैलाई यसै गर्न सल्लाह दिन नसक्ने भएपनि यस्तो अप्ठ्यरो समयमा दशैँ भत्ता लिनु गलत भएको वताउँछन् ।

त्यस्तै नेकपाका अर्का नेता भिम रावलले ट्ववट मार्फत यो समयमा सरकारको ध्यान संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने तर्फ हुनुपर्नेमा भत्ता वाँड्न तर्फ केन्द्रित भएको भन्दै आफुले पाएको भत्ता फिर्ता गर्ने गरी संसदिय सचिवालयमा पत्र पठाएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका नेता गगन थापाले पनि आफुलाई संसदले भत्ता पठाउने विषयमा कुनै जानकारी प्राप्त नभएको भन्दै उक्त रकम संसद सचिवालयमा फिर्ता पठाइसकेको वताएका छन् ।

कठिन समयमा सरकारले कठोर भएर संक्रमण रोकथाम तथा नियन्त्रण गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा यस्तो हुन नसकेको भन्दै थापाले सरकारको विरोध गरेका छन् । कोरोना भाइरसका कारण स्वास्थ्य को क्षेत्र सँगै आर्थिक क्षेत्र तहसनहस भएको अवस्थामा सरकार फजुल खर्च गर्नु उचित नहुने थापाको भनाई छ ।

त्यस्तै नेपाली कांग्रेसका सांसद वालकृष्ण खाँड , मिनेन्द्र रिजाल लगायतका नेताले समेत भत्ता फिर्ता गरेका छन् । नेता थापा र रिजालले पार्टीका सबै सांसदको भत्ता फिर्ता गराउनका लागी पार्टीमा पहल गर्ने वताएका छन् ।

त्यस्तै नेकपाका नेता जनार्दन शर्माले पनि आफ्नो भत्ता कालिकोटका पूर्व जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचारमा सहयोगका लागी हस्तातरणको वताँएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *