ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना संक्रमितको संख्या ४ करोड पार, मृतको संख्या ११ लाख १८ हजार

कोरोनाको उद्धगम स्थल रहेको चिनमा हाल सम्म ८५ हजार बढि संक्रमित भईसकेका छन भने ४ हजार ६ सय बढिको ज्यान गएको छ । चिन अहिले विश्वको ५३ औं स्थानमा रहेको छ ।

विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड पार भएको छ भने मृत्यु हुनेको संख्या ११ लाख १८ हजार पुगेको छ ।
संक्रमित र मृत्यु हुनेमा अमेरीका सबै भन्दा अगाडि रहेको छ । अमेरीकामा हाल सम्म ८३ लाख ८७ हजार बढि संक्रमित भईरहेका छन् भने दुई लाख २४ हजार बढिले ज्यान गुमाई सकेका छन् । त्यस्तै संक्रितको संख्यामा दोस्रो स्थानमा रहेको भारतमा हाल सम्म ७५ लाख ४८ हजार संक्रमित रहेका छन भने एक लाख १४ हजार बढिको मृत्यु भएको छ । तस्तै ५२ लाख ३५ हजार संक्रमित भएर तेस्रो स्थानमा रहेको ब्राजिल मृतकको संख्यामा भने दोस्रो स्थानमा छ । ब्राजिलमा हाल सम्म एक लाख ५३ हजार बढिको मृत्यु भई सकेको छ ।
कोरोनाको उद्धगम स्थल रहेको चिनमा हाल सम्म ८५ हजार बढि संक्रमित भईसकेका छन भने ४ हजार ६ सय बढिको ज्यान गएको छ । चिन अहिले विश्वको ५३ औं स्थानमा रहेको छ ।
त्यस्तै एसियाली मुलुकहरुमा भातर पहिलो स्थानमा रहेको छ भने इरान दोस्रो, इराक तेस्रो र बंगल देश चौंथो स्थानमा रहेका छन् । एसियाली देशहरुको तुलनामा ११ औं स्थानमा रहेको नेपाल विश्वमा ३५ औं स्थानमा रहेको छ । नेपालमा हाल सम्म एक लाख ३२ हजार बढि संक्रमित भएका छन भने ७ सय २९ जनाको ज्यान गईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *