ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जनताको वेदनाबाट भाग्दै ‘समाजवादी’ सरकार

नेपालमा कोरोना संक्रमण दिन प्रतिदिन बढ्न थालेपछि सरकारले अनीवार्य रुपमा ५० प्रतिशत शैया कोरोना उपचारकालागि छुट्याउन निर्देशन दिएको छ । तेस्तै आर्थिक विपन्न, अशक्त तथा अग्रपङ्तिमा खटिनेको निशुल्क उपचार गर्ने भएको छ भने डिर्चार्जको रणनीति पनि परिवर्तन गरेको छ ।

कोरोना संक्रमण भयावह बन्दै गएपछि सरकारले कोरोना उपचारका लागि सवैखाले अस्पताललाई अनिवार्य ५० प्रतिशत शैया छुट्याउन निर्देशन दिएको छ । गत असोज १९ गते मन्त्रीपरिषदको नियर्णलाई आधारमान्दै मन्त्रालयले सवैखाले अस्पतालले अनिवार्य ५० प्रतिशत शैया कोरोनाका लागि छुट्याउन निर्देशन दिएको हो । यसअधि रहेको नीजि सामुदायिक तथा सहकारीमा रहेको २० प्रतिशत र मेडिकल कलेजको ३३ प्रतिशतको व्यवस्थालाई परिवर्तन गरिसवै खाले अस्पताललाई ५० प्रतिशत पुर्याइएको हो ।

तर कोरोनाको महामारी फैलिदै गएको जसका कारण उद्योग कलकारखाना बन्द ह्दौँ धेरैले रोजिरोटी गुमाएको अवस्था छ ।यस्तो अवस्थामा जनताको आयस्रोत कम्जोर बन्दै छ भने के खाउ के लाउ भन्ने अवस्थामा सरकार कोरोना उपचारबाट भने भागेको छ ।सरकारले आर्थिक विपन्न, अशक्त,पुर्ण अपाङ्ग अग्रमोर्चामा खटिने कर्मचारीका लागि निशुल्क उपचार गर्ने जनाएको छ । यदि उनीहरुको विमा गरेको भए विमाबाट खर्च व्यहोर्ने मन्त्रालयको भनाई छ ।

मन्त्रालयले स्वास्थ्य कर्मि, सहयोगि लगायतलाई ७ दिनको ड्युटी र त्यसपछि ७ दिन क्वारेन्टिनमा बस्नु पर्ने नियम परिवर्तन गरी ७ दिनको ड्युटी पछि कोरोनाका लक्षण देखिएमामात्र क्वारेन्टिनमा बस्नु पर्ने निर्णय गरेको मन्त्रालयले कोरोना उपचारका लागि स्विकृत पाएका अस्पतालको फार्मेसीबाट रेम्वेसीवि औषधि विक्रिका लागि स्विकृति दिने जनाएको छ ।

कोरोना संक्रमण बढिरहेको तथा दशैँ जस्तो चाड समेत नजीकिदै गर्दा नहमी दशमि रएकादशी वाहेक सवै दिन परिक्षण गर्न र उक्त दिनमा पनि पुर्ण बन्न नगर्न अस्पताललाई निर्देशन दिएको मन्त्रालयले डिस्चार्जको मापदण्ड समेत परिवर्तन गरेको छ । जसमा १० दिनमा डिस्चार्ज पछि अनिवार्य ७ दिन होम क्वारेन्टिनमा बस्नु पर्ने जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *