ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

वडा दशैँको तेश्रो दिन चन्द्रघण्टा देवीको पूजा

वडा दशैं अन्तर्गत नवरात्रको आज  तेश्रो दिन, चन्द्रघण्टा देवीको भक्ति भावमा पूजा तथा आराधना गरिदै छ । देवी चन्द्रघण्टाको कृपाले साधकलाई अलौकिक शक्ति प्राप्त हुने  परम शान्ति प्रदायक साथै कल्याणकारी हुने घण्टीको भयानक ध्वनिले अत्याचारी, दानव, दैत्य तथा राक्षसहरूको नाश हुने चन्द्रघण्टाको आराधनाले साधकमा वीरता, निर्भयता कायम जनविश्वास छ ।

वडा दशैँको तेश्रो दिन चन्द्रघण्टा देवीको भक्ति भावमा पूजा तथा आराधना गरिएको छ  । चन्द्रघण्टाको आराधना गर्नाले सबै प्रकारको दुःख, कष्ट नास हुने र सबै प्रकारको बाधा हट्ने धार्मिक तथा शास्त्रीय मान्यता रहेको छ । नित्य पूजा अर्चनाका क्रममा मणिपुर चक्रमा यिनलाई ध्यान गरिन्छ । चन्द्रघण्टालाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, एवं रातो रङका  पुष्पहरू प्रिय हुने र  चन्द्रघण्टालाई विशेषगरी दूधको परिकार चडाउनु पर्ने र  सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिने जनविश्वास छ ।

शास्त्रमा वर्णन गरिएअनुसार घण्टीको आकारजस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको विश्वास गरिन्छ । शारीरिक वर्ण स्वर्णको जस्तै दश बाहुले युक्त देवी चन्द्रघण्टा त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुष, बाण, कमल पुष्प, अक्षर माला धारण गर्नुभएको छ । वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवी चन्द्रघण्टाको वाहन बाघ  हो ।

देवी चन्द्रघण्टाको कृपाले साधकलाई अलौकिक शक्ति प्राप्त हुने  परम शान्ति प्रदायक साथै कल्याणकारी हुने घण्टीको भयानक ध्वनिले अत्याचारी, दानव, दैत्य तथा राक्षसहरूको नाश हुने चन्द्रघण्टाको आराधनाले साधकमा वीरता, निर्भयता, सौम्यता तथा विनम्रताको विकास हुने संस्कृति अध्येता प्रियम्वदा काफ्लेको भनाई छ ।

त्यसैले मन, वचन, कर्मले विधिविधानपूर्वक शुद्ध भई चन्द्रघण्टा देवीको आराधना गर्नुपर्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ ।  महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा समेत रहीआएको छ ।

 नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् । नवरात्रभर दूर्गा सप्तशती चण्डी, श्रीमददेवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुती पाठ गरिन्छ दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *