ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

खाद्यले ल्याएका खसीबोका आजबाट विक्रि, मुल्य ५ सय ५०

जिउँदो खसीबोका किलोको ५ सय ५० रुपैयाँमा बिक्री गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । व्यापारीहरुले जिउँदो खसीबोका किलोको ६ सय ५० रुपैयाँमा बिक्री गर्दै आएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंलाई लक्षित गरि ल्याएका खसीबोक बजार मुल्य भन्दा किलोमा सय रुपैयाँ सस्तोमा आज सोमबार देखि बोच्न सुरु गरेको छ ।

थापाथली कार्यालयबाट खसीबोका बिक्री हुने कम्पनीले जनाएको छ । जिउँदो खसीबोका किलोको ५ सय ५० रुपैयाँमा बिक्री गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।
व्यापारीहरुले जिउँदो खसीबोका किलोको ६ सय ५० रुपैयाँमा बिक्री गर्दै आएको छ । बजारलाई अनियन्त्रित हुन नदिन र उपभोक्तालाई राहत दिन ५ सय ५० रुपैयाँमा खसीबोका बिक्री गर्ने निर्णय खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले बताएका छन् । खसीबोकाले खरिद मुल्य गत बर्षको तुलनामा ४० रुपैयाँ बढी परेपनि प्रतिकुल समय भएकोले कम्पनीले घटा खाएर भएपनि उपभोक्तालाई राहत दिने सुवेदीको भनाई छ ।

कम्पनीले खसीबोका हेटौडाबाट प्रति किलो ५ सय ३५ देखी ५ सय ५० रुपैयाँमा र दाङको तुल्सीपुरबाट ५ सय देखी ५ सय ८० रुपैयाँमा खरिद गरेर ल्याएको हो । विगतका बर्ष कम्पनीले सिराह, बाँके र मकवानपुरबाट ल्याउने गरेको थियो । कम्पनीले मंगलबारसम्ममा एक हजार खसीबोका ल्याउने बताएको छ । बजारको अवस्था हेरेर थप ल्याउन सकिने सुवेदीले बताएका छन् ।
हरेब बर्ष कम्पनीले दशैं तिहार लक्षित गरि भेडाच्याङ्ग्रा र खसीबोका ल्याउदै आएको थियो तर यस बर्ष भने केभिडका कारण भेडाच्याङग्रा ल्याउन सकेन । ६० प्रतिशत तिब्बत सँगको निर्भता रहेका करण तिब्बतबाट आउन नसक्दा मुस्ताङमै भेडाच्याङग्राको मुल्य बढेपछि ल्याउन नसकिएको सिईओ सुवेदीले बताएका छन् ।

कम्पनीले यस बर्ष १४ सय भेडाच्याङग्रा ल्याउने निर्णय गरेको थियो तर टेण्डर एक हजारको मात्रै निकालेको थियो । एक हजारमा पनि दर रेट नमिलेपछि च्याङ्ग्रा नल्याउने निर्णय गरेको हो ।

सरकारी कम्पनी मात्रै होइन व्यापारीले समेत यस बर्ष कम च्याङग्रा ल्याउदै छन् । महँगो भएकाले खपत कम हुने भएकोले कम ल्याउन लागेको व्यापारीको भनाई घ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *