ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बडादशैंको दोस्रो दिन ब्रह्मचारिणी भगवतीको पूजा

मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुने मान्यता सहित बडादशैंको दोस्रो दिन ब्रह्मचारिणी भगवतीको पूजा गरिदै छ ।  नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।

दुर्गाका तीन रुप महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा नवरात्रीभर पूजाराधना गरिन्छ । आसुरी प्रवृत्तिको प्रतीक चण्ड, मुण्ड, शुम्भ, निशुम्भ, रक्तबीजलगायत राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *