ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

वुढीगण्डकी ९ अर्व प्रकरण पेचिलो बन्दै- प्रधानमन्त्रीलाई ओठे जवाफ नफर्काउन डा भट्टराईको चेतावनी

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

डा. भट्टराईले केही दिन अघी गोर्खामा गरेको एक भाषणमा नेकपाका पार्टी अध्यक्षद्धय पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले वुढीगण्डकी जलविद्युत परियोजनामा ९ अर्व भन्दा वढी घोट्ला गरेको प्रमाण आफुसँग रहेको वताएका थिए ।सोही विषय पछिल्लो केही दिन यता चर्चा र विवादमा छ ।

भट्टराईले लगाएको आरोप सरासर गलत र निराधार रहेको भन्दै नेपाली काँग्रेस र नेकपाले वेग्ला-वेग्लै विज्ञप्ति निकालेका छन् । उनीहरुले भट्टराईसँग कुनै प्रमाण भए सार्वजनिकरुपमा वा सरकारी निकाय मार्फत आउनु भन्दै चुनौती दिदैँ आएका छन् ।

भट्टराईले बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गर्न र सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गर्न चुनौति दिएका छन् । त्यति सरकारले त्यस्तो गर्न आँट गरे आफु सरकारलाई पूर्ण सहयोग गर्न र आफु दोषी ठहरे दण्डित हुन तयार रहेको वताएका बेला प्रधानमन्त्री केपी ओलीले भट्टराईको अभिव्यक्ति गैरजिम्वेवार र निराधार भएको जिकिर गरेका छन् । उनले एक कार्यक्रममा कार्य आरम्भ नभएको, कस्ले गर्छ वा गर्दैन भन्ने टुङ्घो नभएको आयोजनामा प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीले यति वाडेर खाए भन्नु  गैर जिम्मेवार अभिव्यक्ति भन्दै खण्डन गरेका छन् ।

तर प्रधानमन्त्रीको यस भनाईलाई ठाडो चुनौति दिदै भट्टराईले ओठे जवाफ नफर्काउन प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् । भट्टराईले यस प्रकारका गम्भिर प्रश्न उठ्दा सरकार छानविनको प्रकृयामा जानु पर्नेमा ओठे जवाफ दिन लागेको भन्नै आप्पति जनाएका हुन ।

रहस्यमय ढंगले विना प्रतिस्पर्धा विदेशी कम्पनीलाई टेन्डर दिने र त्यसपछि पनि चलखेल भएको साथै ७ वर्षमा निर्माण सम्पन्न गर्नु पर्नेमा सुरु भएको छ बर्षसम्म सुरु हुन नसक्नु पनी चलखेलकै कारण भट्टराईको आरोप छ उनले सवैको निस्पक्ष छानविनको समेत माग गर्दै आएका छन् ।

यसअघि कानुनका जानकारहरुले स्वतन्त्र छानविन गरी दोषिलाई कारवाही गर्नु पर्ने अन्यथा भट्टराईले मानहानिको मुद्दा खप्न तयार रहनु पर्ने बताइरहेका वेला प्रधानमन्त्रीको यो भनाईले अनुसन्धान होला भन्ने शंका पैदा गरेको छ ।(भट्टराईले कान्तिपुर टेलिभिजनमा गरेको कुराकानीलाई कोट गरिएको )

Leave a Reply

Your email address will not be published. Required fields are marked *