म के चाहन्छु- तिम्रा लागि
248 - 248Shares

समय गतिसिल छ । थाह थियो तर यति गतिसिल रहेछ कि कति छिटो तिमी एक बर्षको भयौ मैले भेउ नै पाउन सकिन । म तिम्रो आगमन सँगै तिमी मेरो जीवनमा आएको दिन हप्ता र महिना गन्ती गर्नमा पनि व्यस्त थिए सायद ।

जीवनकै मिठो अनुभुति हौ र रहने छौ । तिमी आएसँगै धेरै कुराहरुमा परिवर्तन आए,शारिरीक र मानसिक । शारिरीक पविर्तनले मलाई खासै असर गरेन तर मानसिक परिवर्तन यस्तो परिवर्तन थियो जस्ले मलाई सधै एउटा सोचाईमा पुराउथ्यो कि तिमि कस्तो हुन्छौ, तिम्रो स्वास्थ्य अनकुल रहन्छ कि नाई भनेर नि म सोचने गर्दथ्ये । हुन त हरेक पटकको स्क्यानले मेरो प्रस्नको उत्तर दिईनै रहेको हुन्थ्यो तर पनि मनमा कुरा चलिरहन्थ्यो । सायद त्यही व्यग्रताले मलाई आमा हुनु र आमा बन्नुको अनुभुति गराइरहेको थियो । तिमिलाई प्रत्यक्ष रुपमा नदेखे नभेटे पनि म तिमि र तिम्रा लागि सोच्नथालि सकेको थिए । म आफुमा आएको यस प्रकारको परिर्वन सँगै म आफु पनि मेरी आमालाई सारै मिस गर्न थालिसकेको थिए ५ बर्षको विदेश बसाईमा म सधैजसो ममी सँग नियमित नै कुरा गर्दथ्ये तर पनि म उहाँलाई प्रत्यक्ष रुपमा नै भेटन चाहन्थे । विदेश बसाइको बाध्यता अनि विद्यर्थी हुनुको विडम्बना र विभिन्न अरु समस्याका कारणले न त मैले बोलाउन नै सके न त भेट नै भयो । तर पनि एउटा महिला वा छोरी आमा बन्दै गर्दा सबैभन्दा आत्मिय भावना दिने र मनोवल बढाउने भनेको आमाले नै हो तर पनि मेरी आमा चाहीँ अलिबेसीनै हो । किन भने म विवाह गरेको ५ बर्ष पछि आमा बनिरहेको थिए । विहे भए देखिनै हो मलाई ममिले बच्चाको लागि प्रेसर गरेको तर पनि म ममिको कुराहरुलाई यतिकै उडाउने वा टार्ने गर्दथे तर ममिको प्रेसर भने हरेकपटक म घरमा जादा यथावत नै रहन्थ्यो ।
यति सम्मकि गाउँमा कसैको बच्चा भयो वा मेरो कुनै साथिको बच्चा भयो वा हुदैछ भने पनि मेरो ममिलाई सारै पेट पोल्ने र मलाई फोनमा सुनाउने गर्नु हुथ्याे । विहे गरेको झन्डै डेर बर्षपछि म डेनमार्क आए तर पनि ममीले मलाई केहीन केही वाहनामा काराईरहनु भयो । मलाई मात्र हैन ममिले मेरो भाउजुलाईपनि हरेक पटकको फोनकलमा कराउनु हुन्थ्यो । ममिपछि मलाई बच्चाको लागि घचघच्याउने भने मेरो बविता आन्टि नातामा मेरो कान्छि सासु हुनुन्छ सधै मलाई अव त ढिलाभयो पाउ भनेर जोड दिने गर्नुहुन्थ्यो । त्यस्तै गरेर मेरो दिदी, आमाजु म दि भनेर बोलाउछु उहाँ मेरो लागि आमाजुदिदी भन्दा पनि साथी जस्तै हुनुहुन्छ अझ साथिमा पनि सबैभन्दा मिल्ने साथि । जो सँग म हरेक कुरा हरेक प्रकारका समस्या, कहिलेकाही त हामी बीचको झगडाका विषयमा पनि खुलेर भन्न सक्छु । उहाँ पनि मलाई साधै भन्नुहुन्थ्यो अब परीवार बनाउनेकुरालाई नि सोच भनेर । अहिले उहाँ निकै खुशिहुनुहन्छ जुन खुशीलाई म आफुपनि महसुस गर्न सक्छु ।

म तिम्रो आगमनको कुरा गर्दै थिए तर पनि फेरी थौरै भावुक भएर मैले नि मेरी आमा लाई सम्भिए । यो शब्दनै यति गहन छ कि जति व्याख्य गरेनि पूर्णक प्राप्त हुदैन । आमा भन्ने शव्दको महिमा व्याख्य भन्दा पनि महसुस् रहेछ । एउटा मिठो अनुभुति जस्ले सानो सानो कुरामा खुसी दिन्छ । फेरी मलाई तिमी जन्मेपछिका सुरुवाती दिन सम्झन मनलाग्यो । सुरुका महिना र दिन हाम्रो लागि निकै उत्साहवर्दक थिए र अति चुनौतिपूर्ण पनि । तर पनि म र तिम्रो बाबाले एउटा जिम्मेवार आमा बाबाको भुमिका निभाउन हर सम्भव कोसिस गरीरहेका छौं र रहन्छौं । तिमि जन्मदा नै अरु बच्चा भन्दा थौरै कम तौलको थियो त्यस्ले पनि तिम्रो रेखदेख गर्न् अझ विशेष रहेयो हाम्रो लागि । हस्पिटलबाट घर आएको भोलिपल्टनै तिमीले एक्कासी उल्टि गरेउ तिमिलाई ग्यास रिफलक्स भएको रहेछ तर हामी दुबैजना निकै आतियौं र तुरुन्त हस्पिटल गयौं तिमिलाई लिएर तव पो थाहा भयो यस्तो हुनु सामन्य हो तै पनि मन भने नमान्ने रहेछ कहिलेकाहीँ त यस्तो लाग्दथ्यो कि यहाँको डाक्टरलाई केही आउदैन । डाक्टर प्रतिको मेरो यो बुझाई झन गाडा भयो जब ९ दिनको दिनमा बेलुकी झन धेरै उल्टी गरेर रुन थाल्यौ तिमी । तिमी सँगै म नि रोएको थिए के भयो किन रोयौं यति धेरै भनेर । त्यो दिन सम्झदा मलाई आज पनि मन भारि भएर आउछ हामी दुबैजान एकदमै डराएका थियो यति सम्म कि तिम्रो बाबा तिमीलाई बोकिरहेको मान्छेपनि अतिएर तिमीलाई बेडमा राखेर अब के गर्ने हो भन्नेतिर लागिस्यो तर पनि मैले आफुलाई समाहलेर इर्मरजेन्सी नम्बर लगाए र ट्याक्सि बोलाएर हस्पिटल लगे । डेनिस स्वास्थ्य सिस्टम राम्रो हुदा हँदैपनि इर्मरजेन्सिकलमा पनि डिटेल दिन परेको देखेर चाही मलाई अति रिसउठेको थियो । त्यतिखेर मेरो मुख्य उद्देश्य भनेको जतिसक्दो छिटो हस्पिटल लैजानु थियो । हस्पिटल गएपछि थाह भयो फेरी ग्यास रिफलक्सन भएको थियो । तर पनि हाम्रो मन सारै आतिएको थियो सायद आमा हुनुको अनुभव थियो । यो वाक्य लेखिरहदा फेरी पनि म आफ्नो ममिलाई समझन चाहन्छु । मेरो ममि हामीलाई केही भयो भने धेरैनै आतिने र बढिनै केयर गर्नै म भन्नेपनि गर्दथे कति नाटक गरेको नाटक चाहि मैले भन्ने डाइलग थियो । अनि ममिले भन्नुहुन्थ्यो पछि थाह पाउलिस् । अनि आजका दिनमा आएर मैले ममिको पिडालाई आफुले नै महसुस् गरे र थाह पाए कति पिडादायी हुन्छ त्यो समय ।
गएको महिना मात्र तिमी तीनपटक विरामी भयौ ति दिनहरु मेरा लागि निकै कष्टकर नै रहे समय नकटेको देख्दा मन आतिन्थ्यो अनि त्यसमाथि कोरोना टेस्ट गर्न डाक्टरले गरेको सुझावले मन सारैनै आतिएको थियो । तर भगवानको कृपा रिजलट नेगेटीभ आयो र तिमि नि विस्तारै ठीक हुदै गयो । म सधै तिम्रो जीवनमा आउने बाधा अड्चनको परिणाम नेगेटीभ आओस भन्ने चाहन्छ्, अझ कुनै पनि बाधाव्यवधानले तिमीलाई कहिले नपिरोलेस् ।

यसरी नि हरेक महिना धेरै उतारचडाब सँगै समय बिते दिनहरु सामान्य बन्दै गयो र तनाबकाबीचमा पनि जिन्दगी त्यतिखेर रमाईलो लाग्थ्यो जब तिमी हाँस्थ्यौ खेलथ्यौ र हरेक महिना बिते सँगै तिमीले नयाँ नयाँ माइलस्टोन अपडेट गरीरहेको थियो जुनकुराले मलाई एकदमै आनन्दित गराउथ्यो । तर पनि कहिले तिम्रो तौलका विषयमा पाउने सल्लाह र सुझाव व्यक्तिगतरुपमा मलाई राम्रो लागदैन्थ्यो । हुन त केहीहदसम्म म आफै पनि चिन्तित थिए तौलका विषयलाई लिएर तर पनि मलाई थाह थियो हरेक बच्चाको विकास भिन्न किसिमको हुन्छ , म आफुले सकेको र जानेको कुरा गरेको छु र डाक्टर सँगपनि चाहिने परार्मश लिइरहेको छु र तिम्रो राम्रोकालागि सधै तत्पर रहनेछु म ।
मलाई तिमिलाई ठूलोमान्छे बनाउनु छैन एउटा राम्रो कर्मठ र जिम्मेवार भएको हेर्न चाहन्छु । म तिमीले धेरै पढेको वा डाक्टर इन्जिनियर भएको भन्दा पनि शिक्षित भएको हेर्न चाहान्छु। जसमा मनवता र आत्मियपन होस् । मुख्यकुरा भनेको आत्मविस्वास हो, आत्मविस्वासनै आत्मबल हो जस्ले अगाडी बड्न सहयोग गर्छ । तिमीलाई राम्रो नराम्रो सिकाउन सहयोग गर्छ । म सधैभर तिम्रो खुशीका लागि कामना गर्छु । म तिम्रो लागि आउने हरेक प्रकारका बाधाअड्चन फुकाउन तिमीसँगै रहनेछु विशेष त म आज तिम्रो जन्मदिनको दिनमा तिमीलाई एउटा वचन दिन्छु कि कुनै संस्कारका नाममा तिम्रो परिधिलाई सिमित राख्नेछैन तिमी स्वतन्त्र भएर आफनो परिधी आफ्नालागि आफै बनाउन सक्छै ।
you don’t have any kind of boundary my girl
