ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पत्रकार ढकालका एकैपटक २ पुस्तक र २ गिती एल्बम सार्वजिनक

लामो समय नेपाली पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएका पुरुषोत्तम ढकालका २ पुस्तक र २ गीति एल्बम गरि ४ वटा सृजना एकसाथ बिमोचन भएका छन् । पत्रकारिताकै प्रभावबाट कविताकृति ‘भगवानलाई प्रश्न’, अंग्रेजी भाषामा लिखित ‘बोडरलेस ड्रिम’साथै १ राष्ट्रिय गीति एल्बम र १ प्रेम काहानी समेटिएको ‘भयो त भयो’ भन्ने गीति एल्बम  एकसाथ सार्वजनिक भएका हुन् ।ढकालका यी चार कृतिले राष्ट्रमप्रेम मानविय प्रेम प्रकृति प्रेम र यथार्थ घटना समेटिएका जिवनका सप्तरङ्गी कहानीहरुलाइ झल्काएको बताएका छन् ।

कृति विमोचन समारोहमा उपस्थित पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सबै कृतिहरुले मानविय संवेदना साथै राष्ट्रप्रेम स्वाभिमान नेपालका प्राकृतिक सौनदर्यता विश्वमा समेत चिनाउन कृतिलेल योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।

तेस्तै नेपाली काँग्रेसका नेता रामशरण महतले ढकालको नेपाली पत्रकारिता जगतमा भएको योगदानको प्रसंशा गर्दै अमेरिका जस्तो मुलुकमा रहेर अन्तराष्ट्रिय रुपमा समेत नेपाललाइ सहित्य जगत वा पत्रकारिता जगत वा कलाकारिताबाट दिएको योगदान अतुलनिय रहेको बताए । यी कृति समेत विश्वमा नेपालको गरिमालाई उचो बनाउन सहायक भएको उनको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *