बैंकहरूले कर्जामा तोकेको स्थिर ब्याजदर, हेर्नुहोस् कसको कति

नेपाल राष्ट्र बैंकले २०७७ असोज मसान्तभित्रमा एक वर्षभन्दा बढी अवधि भएको व्यक्तिगत प्रकृतिका आवधिक कर्जामा स्थिर ब्याजदर तोक्न निर्देशन दिएसँगै बैंकहरूले नयाँ ब्याजदर तोकेका छन् । बैंकहरूलाई केन्द्रीय बैंकले असोज मसान्तभित्रमा स्थिर ब्याजदर तोकेर कात्तिक १ गतेबाट लागू गर्न निर्देशन दिएको थियो । बैंकहरूको बेस रेट न्यून विन्दुमा आएको अवस्थामा केन्द्रीय बैंकले स्थिर ब्याजदर तोक्न निर्देशक दिँदा केही असन्तुष्ट देखिए पनि कार्यान्वयन गर्नुको विकल्प नरहको बताउँदै अन्ततः बैंकहरूले कात्तिक १ गतेबाट लागू हुने गरी स्थिर ब्याजदर तोकेका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा एकीकृत निर्देशन जारी गर्दै व्यक्तिगत कजाहरू घर कर्जा, हायर पर्चेज कजौ, ओभरड्राफ्ट कर्जालगायतमा ऋण अवधिभर कुनै पनि ब्याजदर तलमाथि नहुनेगरी स्थिर ब्याजदर लागू गर्ने व्यवस्था गरेको थियो । तर यसमा बैंकरहरूले असन्तुष्टि जनाउँदै आएका थिए ।
बैंकहरूले कर्जामा तोकेको स्थिर ब्याजदर
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले हायर पर्चेज कर्जा ५ वर्षका लागि साढे ९ प्रतिशत, घर कर्जाका लागि ९ देखि ११ प्रतिशत ब्याजदर, व्यक्तिगत कर्जाको ब्याजदर १० देखि ११ प्रतिशतसम्म तोकिएको छ । बैंकको असार मसान्तसम्मको आधारदर ५ दशमलब ८ शून्य प्रतिशत रहेको छ । यस आधारदरमा उल्लेखित प्रिमियम दर जोडेर कर्जाको ब्याजदर कायम हुनेछ । बैंकले सम्बन्धित त्रैमासभित्रै ब्याज भुक्तान गरेमा शून्य दशमलब पाँच शून्य प्रतिशत छुट हुने जनाएको छ । यस्तै एक वर्षसम्म ब्याज र परिवर्तन हुनसक्ने रावा बैंकले जारी गरेको सूचनामा भनिएको छ ।
सेन्चुरी बैंक
यस बैंकले पनि व्यक्तिगत आवधिक कर्जा योजना सार्वजनिक गरेको छ । पाँच वर्ष अवधिको घर कर्जा ११ दशमलब ४९ प्रतिशत, १० वर्षका लागि ११ दशमलब ९९ प्रतिशत, १० वर्षभन्दा माथिका लागि १२ दशमलब ९४ प्रतिशत ब्याजदर कायम हुने छ । यस्तै सवारी कर्जा र व्यक्तिगत कर्जाको ब्याजदर ११ दशमलब ९९ देखि १२ दशमलब ९९ प्रतिशतसम्म रहेको छ । सेन्चुरीको भदौसम्मको बेस रेट ८ दशमलब ७६ प्रतिशत रहेको छ ।
नेपाल बङ्गलादेश बैंक
नेपाल बङ्गलादेश बैंकले पाँच वर्षसम्म वा सोभन्दा बढी अवधिका लागि ९ दशमलब ९९ प्रतिशत देखि १० दशमलब ९९ प्रतिशतसम्म ब्याजदर रहने जनाएको छ । यस्तै घर कर्जा ९ दशमलब ९ देखि ११ दशमलब ९ प्रतिशतसम्म रहनेछ । शैक्षिक कर्जा, प्रोफेसनलर लोनका लागि १२ दशमलब ९ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
एसबीआई बैंक
नेपाल एसबीआई बैंकले १० वर्षभन्दा माथिको घरकर्जामा १४ दशमलब ५० प्रतिशत, गाडी खरिदका लागि १० वर्षसम्मका लागि १४ प्रतिशत ब्याजदर तोकेको छ ।
लक्ष्मी बैंक
१ वर्षदेखि १५ वर्षसम्मको घर कर्जाका लागि ८ दशमलब ४९ प्रतिशतदेखि १३ दशमलब ९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । एजुकेसनल कजाएमा पनि १ देखि १५ वर्षसम्म ८ दशमलब ४९ देखि १४ दशमलब ४९ सम्म ब्याजदर तोकेको छ । अटोलोनमा न्यूनतम ८ दशमलब ४९ देखि अधिकतम १३ दशमलब ९९ प्रतिशत ब्याजदर कायम गरेको छ । यसमा १ वर्षदेखि १० वर्ष अवधिसम्मका लागि ऋण रहेको छ । यता व्यक्तिगत कर्जामा पनि ९ दशमलब ९९ प्रतिशतदेखि १४ दशमलब ४९ प्रतिशतसम्म रहेको छ ।
एनएमबी बैंक
घरकजाका लागि ९ दशमलब ४९ देखि १२ दशमलब २४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यो पाँच वर्षदेखि १५ वर्षसम्म अवधिको हो । वातावरणमैत्री घरका लागि शून्य दशमलब ५० प्रतिशत ब्याजदर कम हुने बैंकले जनाएको छ । व्यक्तिगत कर्जा १० दशमलब ४९ देखि १३ दशमलब २४ प्रतिशत सम्म छ । अटो कर्जा ९ दशमलब ४९ देखि ११ दशमलब २४ प्रतिशतसम्म रहेको छ ।स्ट्यान्डर्ड चार्टड बैंक
व्यक्तिगत कर्जा ५ वर्षसम्मका लागि १३ प्रतिशत, सवारी साधन कर्जा १० दशमलब ७५ देखि ११ दशमलब ७५ प्रतिशतसम्म, घर कर्जा १० दशमलब ७५ देखि १३ दशमलब ७५ प्रतिशत सम्म ९५ देखि १० वर्षसम्म तोकेको छ ।
बैंक अफ काठमान्डु
घर कर्जा १० वर्षदेखि १५ वर्षसम्मका लागि १० दशमलब ९८ प्रतिशतदेखि १२ दशमलब ९८ प्रतिशतसम्म, हायरपर्चेज ५ वर्षदेखि सोभन्दा माथिका लागि ९ दशमलब ९९ प्रतिशतदेखि ११ दशमलब ४९ प्रतिशतसम्म ब्याजदर रहेको छ । शैक्षिक कर्जा, आवास कर्जा र अन्य कर्जामा अधिकतम ११ दशमलब ९९ प्रतिशतसम्म ब्याजदर लिने बीओकेले सार्वजनिक गरेको नयाँ याजदरमा उल्लेख छ । यसको बेस रेट भदौसम्म ७ दशमलब ८७ प्रतिशत रहेको छ ।
हिमालयन बैंक
हिमालयन बैंकले घर कर्जा ५ देखि १५ वर्ष अवधिका लागि उपलब्ध गराउनेछ । ५ वर्षको लागि ९ दशमलब ९९ प्रतिशत, १० वर्षसम्मका लागि १० दशमलब ९९ प्रतिशत, १२ वर्षसम्मका लागि १२ दशमलब ४९ प्रतिशत रहेको छ । त्यस्तै हायर पर्चेज कर्जा ९ दशमलब ९९ प्रतिशतसम्म छ । व्यक्तिगत कर्जा ९ दशमलब ९९ प्रतिशतसम्म रहेको छ । हिमालयन बैंकको असार मसान्तसम्मको बेस रेट ८ दशमलब ३८ प्रतिशतसम्म रहेको छ ।
मेगा बैंक
मेगा बैंकको घरकर्जाका लागि बेस रेटमा ५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । यसको अटो लोन, शैक्षिक कर्जा, व्यक्तिगत कर्जा सबैका ५ प्रतिशत तोकिएको छ । यसको बेस रेट भाद्र मसान्तसम्म ८ दशमलब १० प्रतिशतसम्म रहेको छ ।
माछापुछ्रे बैंक
माछापुछ्रे घरकर्जा ५ वर्षसम्मका लागि ९ दशमलब ८९ प्रतिशत, ५ देखि १० वर्षसम्मका लागि १० दशमलब ८९ प्रतिशत र १० देखि माथिका लागि ११ दशमलब ८९ प्रतिशत ब्याजदर तोकिएको छ । यता अटो कर्जा ९ दशमलब ९ देखि १० दशमलब ९९ प्रतिशतसम्म रहेको छ । अन्य रिटेल कर्जा १० दशमलब २४ देखि १२ दशमलब २४ प्रतिशतसम्म रहेको छ ।
सिद्धार्थ बैंक
सिदार्थ बैंकले १० वर्षभन्दा माथि समयको घर कर्जामा १० दशमलब ९९ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै ५ वर्षभन्दा माथिको सवारी कर्जामा १० दशमलब ९९ प्रतिशत ब्याजदर तोकेको छ ।
कृषि विकास बैंक
कृषि विकास बैंकले १० वर्षभन्दा माथिको घरकर्जामा ११ दशमलब २५ प्रतिशत स्थिर ब्याजदर तोकेको छ । यस्तै ७ वर्षसम्मको गाडी खरिदका लागि १० दशमलब ५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
प्राइम कमर्सियल बैंक
१० वर्षभन्दा माथिको घरकर्जामा साढे १२ प्रतिशत ब्याजदर छ । समयअनुसार प्राइम बैंकको ब्याजदर फरक छ ।
नबिल बैंक
नबिल बैंकले १५ वर्षसम्मको घर र गाडीको लागि ११ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै ५ देखि १० वर्षसम्मका लागि १० दशमलब ५० प्रतिशत ब्याजदर तोकेको छ ।
ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले १५ वर्षसम्मको घरकर्जामा ११ दशमलब ९ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै ५ वर्षसम्मको गाडी खरिदका लागि ११ दशमलब ९९ प्रतिशत ब्याजदरमा ऋण दिने सार्वजनिक गरेको छ । समयअनुसार फरक फरक ब्याजदर कायम गरिएको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंक
नेपाल इन्भेस्टमेन्ट बैंकले सात वर्ष अवधिको गाडी किन्न १० दशमलब ७५ प्रतिशत ब्याजदरमा ऋण दिनेछ । यस्तै घर कर्जाका लागि १० वर्षको ब्याजदर साढे १२ प्रतिशत छ । बैंकले ७ दशमलब ९९ देखि १३ प्रतिशत ब्याजदर तोकेको छ ।
प्रभु बैंक
प्रभु बैंकले ५ वर्षसम्मको घरकर्जामा ९ दशमलब ९९ प्रतिशत र गाडी खरिदका लागि १० दशमलब २४ प्रतिशत ब्याजदर तोकेको छ । ५ देखि १० वर्षसम्मको घर कर्जाका लागि १० दशमलब ९९ प्रतिशत र गाडीका लागि ११ दशमलब २४ प्रतिशत ब्याजदर कायम गरेको छ ।