ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारलाई काँग्रेसको प्रश्न – २६ सय भेन्टिलेटरमा २ सय र हजार आइसियुमा ५० बिरामी हुदाँ भेन्टिलेटर र आइसियुको अभाव कसरी भयो ?

प्रमुख प्रतिपक्षी नेपाली काँगेसले सरकार कोरोना नियन्त्रण तथा रोगथाममा असफल भएको निस्कर्ष निकालेको छ । नेपाली काँग्रेस कोभिड-१९  अनुगम समितिले शुक्रबार प्रेस नोट जारी गर्दै सरकार जनताको आखाँमा घुलो हाल्न मात्र तल्लीन भएको आरोप लगाएको छ ।

समितिले कोरोना नियन्त्रण तथा रोकथाममा गरेका कामको र अव गर्नु पर्ने पहलसहितको प्रेस नोट जारी गरेको छ । सरकारले भ्यान्टिलेटरको सङ्ख्या ९ सयबाट २६ सय, आइसियुको सङ्ख्या ८० बाट एक हजार पुर्याएको दावी गरेपनि आइसियुमा २ सय र भेन्टिलेटरमा ५० बिरामी भर्ना हुदैमा दुवैको अभाव भएको घोषणा गरेको भन्दै सरकारले जनतालाई झुक्याउनमात्र खोजेको आरोप लगाएको हो ।

तेस्तै स्वास्थ्य स्वयम सेवकलाई ४०-४५ रुपैयामा खुवाएको खानाको बिल ४ सय देखि ५ सय सम्म बनाएको भन्दै भर्सना समेत गरेको छ । काँगेसले राजनीतिक नेतृत्व कोरोना नियन्त्रणमा मौन बसेको र कर्मचारी तन्त्रबाट जनतालाई होच्याउने गरी आएको भन्दै आप्पती समेत प्रकट गरेको छ । तेस्तै सार्वजनिक यातायातलाई पूर्ण सिट क्षमतामा सञ्चालन गर्ने निर्णय गरेपनि कुनै तयारी नगरेको निस्कर्ष समेत काँग्रेसको छ ।

विभिन्न १० बुधामार्फत सरकारले गरेका काम र कम्जोरी देखाएको काँग्रेसले विद्यालय सञ्चालन , रोजगारी, राहतलगायतका विषयलाई समेटेको छ भने सरकारले आगामी दिनमा चाल्नु पर्ने कदमको समेत चर्चा गरेको छ ।

 विभिन्न आठ बुधामा सुझाव दिएको काँग्रेसले नजिकदै गरेको चाडपर्वमा मानिसहरु गाँउ जाने र जसको कारण गाउँ गाँउमा कोरोना संक्रमण फैलन सक्ने भन्दै त्यसको व्यवस्थापन र जनचेतनामा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *