ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

कोरोना संक्रमण दोस्रो चरणमा, युरोपका केही देशमा पुन: कर्फ्यू

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ ।वर्डमिटरका अनुसार विश्वभर संक्रमितको संख्या ३ करोड ९१ लाख पुगेको छ ।

दुई करोड ९३ हजारले कोरोना जित्दा ११ लाख बढिको मृत्यु भएको छ। विश्वभर अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ८२ लाख मानिसमा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमितमध्ये सबैभन्दा बढी अमेरिकामै दुई लाख २२ हजार बढीको मृत्यु भएको छ ।

भारतमा ७३ लाख ६५ हजारमा संक्रमण पुष्टि भएको छ । जहाँ एक लाख १२ हजारको कोरोनाले मृत्यु भएको छ । भारतमा ६४ लाख ४ हजारले भने कोरोना जितेका छन ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित भए पनि कोरोनाले धेरै मृत्यु भएको देश ब्राजिल हो । ब्राजिलमा १ लाख ५२ हजारको मृत्यु भइसकेको छ । जहाँ ५१ लाख ६९ हजारमा संक्रमण पुष्टि भएको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ८८ हजार संक्रमित थपिएका छन् भने ५ हजार ९ सय बढीको मृत्यु भएको छ । पहिलो पटक संक्रमण देखिएको आठ महिनामा नेपालमा संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको छ । जसमध्ये ८४ हजार ५१८ जनाले कोरोना जितेका छन् भने ६९४ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोना संक्रमण बढिरहदाँ विश्वस्वास्थ्य संघठनले युरोपमा नयाँ मापदण्ड अपनाउन सुझाव दिएको छ । कोरोना संक्रमण दोस्रो चरणमा प्रवेशका कारण भन्दै आवतजावतमा कडाइ गर्न आग्रह गरेको छ ।यो संगै वेलायत,जर्मन,इटलीमा कडाइ गिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *