मन्त्रिपरिषद पुनर्गठन हुनासाथ सचिवको हरफेर, कुन सचिव कहाँ ?
सरकारले ९ जना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषदको बैठकले सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई भने जल तथा ऊर्जा आयोगमा पठाइएको छ ।
प्रधानमन्त्री कार्यालयका सचिव यादव कोइरालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सामान्य प्रशासनका सचिव सूर्य गौतमलाई युवा तथा खेलुकद मन्त्रालयमा सारिएको हो ।
त्यस्तै जल तथा ऊर्जा आयोगका सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा सार्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको जिम्मेवारी एकनारायण अर्याललाई दिइएको छ । तत्कालीन सचिव केदारबहादुर अधिकारीको अवकासपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान सचिवको पद रिक्त थियो ।
प्रधानमन्त्रीका कार्यालयका सचिव केदार न्यौपाने उपराष्ट्रपति कार्यालयमा सरुवा हुँदा उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई भने प्रधानमन्त्री कार्यालयमा तानीएको छ ।