प्रधानमन्त्रीको मुटु नै छैन – गगन थापा (भिडियो सहित)

असोज २९ विहिवार,
भिडियो सन्देशमा नेता गगन थापाले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा चरम लापरवाही गरेको आरोप लगाएका छन् । काठमाडौ उपत्यकका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल वनाउने सरकारको निर्णय गलत भएको थापाले वताएका छन् । सबै सरकारी अस्पताललाई कोभिड अस्पताल वनाउँदा ननकोभिड तथा गरिवहरुले उपचार पाउन समस्या हुने वताउदै उनले प्राइभेट अस्पतालाई सरकारले नियन्त्रणमा लिइ विरामीको उपचार गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रसका नेता गगन थापाले प्रधानमन्त्रीको मुटु नै नभएको वताएकाछन् ।थापालाई कोभिडको संक्रमण देखिएपछी विगत १३ दिन घरमै आइसोलेसनमा वसिरहेका छन् । उनीसँगै परिवारका अन्य सदश्यलाई पनि कोरोना देखिएको वताउदै थापाले तर सबैको अवस्था सामान्य रहेको उनले सामाजिक सञ्जालमा दिएको भिडियो सन्देशमा उल्लेख गरेका छन् ।
विश्वका तानाशाह तथा क्रर भनिएका शासकहरु भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीमा ठुलो असंवेदनशिलता देखिएको उनको वुझाई छ । अन्त्यमा उनले आफु पुर्णरुपमा स्वास्थ्य भएपछी अन्य फोरमवाट शसक्तरुपमा आवज उठाउने समेत वताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा यस्तो संवेदनशिल समयमा कुर्सीका लागी लुछाचुडीमा लागेको नेता थापाको आरोप छ । प्रदेशको मुख्यमन्त्री हटाउने , मन्त्री नियुक्ती गर्ने लगायतका खेलमा लागेर पार्टीभित्रै झगडा गरिरहेको नेता थापाको वुझाई छ । कोभिडका समयमा त प्रधानमन्त्रीले ठुलो असंवेदनशिला प्रस्तुत गरेको थापा वताउँछन् ।