ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङको चेतावनी गलत गर्नेलाई ठेगान लगाउने

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आफू गलत नगर्ने र गलत गर्नेहरुलाई पनि स्वीकार नगर्ने बताएका छन् ।
महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री रहेका गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
बुधबार सञ्चारमन्त्रीको पदभार ग्रहणले ‘मन्त्रीले कुरा बुझेको छ कि छैन । यति कुरा त अलमल्याएर यसरी नै जान सकिन्छ भनेर तपाईहरुले पनि बाङ्गोटिङ्गो बाटो लिनुभयो भने म छिटो बुझ्न प्रत्यन गर्नेछु ।’
गलत सूचना दिने तथा गलत ढंगले सल्लाह दिए सम्बन्ध नमिठो हुने उनको चेतावनी छ । नवनियुक्तमन्त्री गुरुङले भने भने, ‘म पनि गलत गर्ने छैन, तपाईंहरुले गलत गरेको स्वीकार्ने छैन । तपाईहरुसँग मेरो यही सम्झौता हो ।’
प्रधानमन्त्रीले चुनौतीपूर्ण जिम्मेवारी दिँदैछु भनेको र त्यो चुनौती सामना गर्न आफू सक्षम छु भन्ने विश्वासका साथ आएको उनले बताए । आफ्नो कार्यकालको १०० दिनमा गलत अभ्यासको पहिचान गरेर अन्त्य गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *