प्रतिकुल समयमा अर्थ मन्त्री बनेका पौडेल माथि चुनौतिका चाँङ

विज्ञ अर्थमन्त्री भनेर चिनिएका डा. युवराज खतिवडाको कार्यकाल हालै सकिएको छ । इतिहासकै सबै भन्दा विज्ञ भनिएपनि खतिवडाले अर्थतन्त्रको विकाश होईन अर्थतन्त्र जरजर बनाएर गएको विज्ञहरुको बुझाई छ । अर्थ मन्त्रालएको कार्यभार सम्हाले लगत्तै कांग्रेसले राज्यको ढुकुटी रित्याएर खालि भाडो हात परेको भन्दै स्वयत पत्र सर्वजनिक गरेर चर्चा कमाएका खडिवडाले आफ्नो साढे दुई बर्षे कार्यकाल सकेर पदमुक्त हुँदा राज्यको ढुकुटीका थप्नु त परैजावस भएको नि सकेर गएका छन् ।
राज्यको ढुकुटी रित्तिएर कर्मचारीलाई तलब समेत दिने पैसा नभएको चर्चा चलिरहेको बेला नयाँ अर्थ मन्त्रीको रुपमा आएका छन नेकपा महासचिव विष्णु पौडेल । केभिडले अर्थतन्त्र थलापरेको बेला नयाँ अर्थमन्त्रीका सामु चुनौतिका चाँङ छन् ।
राज्यले निजी क्षेत्रको पिरमर्का नबुझेको भन्दै निजी क्षेत्रले आलोचना गरिरहेका बेला नवयुक्ति अर्थमन्त्री सँग निजी क्षेत्रलाई माथि उकास्ने प्रमुख चुनौति रहेको छ । विभिन्न क्षेत्रले अर्बैं रुपैयाँ राहत मागिरहेको बेला राज्यको रित्तो ढुकुटी सम्हाल्न आईपुगेको अर्थमन्त्री पौडेललाई फलामको चिउरा चपाउनु सरहनै हुने देखिन्छ ।
लामो कसरतपछि अर्थमन्त्रालयमा दोस्रोपटक इन्ट्री मारेका पौडेलका लागि आगामी दिन सहज भने पक्कै छैन । जसरी नेकपाभित्रको एकता मक्किएको छ, त्यसैगरि अर्थतन्त्रका सूचकहरु मक्किएका छन् । कोभिडका कारण साधारण खर्च पनि धान्न धौधौ पर्ने अवस्था छ । कोभिड संक्रमण बढ्दो क्रममा रहेकाले स्वास्थ्यका लागि आवश्यक स्रोत जुटाउन समेत हम्मेहम्मे पर्ने देखिन थालेको छ ।
कोभिडका कारण प्रतिकूल अवस्थामा विकास निर्माणको बजेटमा कटौति गर्नु पर्ने अवस्थाको सिर्जना भइरहेको छ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर शून्य दशमलव ६ प्रतिशतमा खुम्चिने अनुमान सार्वजनिक गरिसकेको छ । कोभिडका कारण उनका अगाडि चुनौतीका चाङ छन् । अर्थतन्त्र सुधार्नका लागि सार्वजनिक वित्त व्यवस्थापन, बाह्य सन्तुलन र आर्थिक सुधार गरेर लगानीको माहोल बनाउनुपर्छ । यो सन्तुलन बनाउनका लागि उनले आफ्ना कदम अगाडि बढाउनुपर्छ ।
शक्तिशाली सरकारका पालमा लगानीको वातावरण बन्नु पर्ने तर उल्टै बिग्रियो । स्वदेशी लगानीकर्ता नै हत्तोसाहित भएपछि विदेशी लगानी आउने कुरै भएन । उद्योगीहरु अर्थमन्त्रीले आना कुरा नसुनेपछि प्रधानमन्त्रीसम्म पुग्थे । तर, त्यहाँ पनि खतिवडाकै रजगज चल्थ्यो ।
खतिवडाले गरेका गल्ती पौडेलले सच्याउनु पर्नेछ । उनले निजी क्षेत्रको विश्वास पुर्नस्थापित गर्ने प्रयास थाल्नु पर्नेछ । शैक्षिक योग्यतका हिसावले खतिवडा भन्दा निकै पछि रहेको पौडेल आफुले नजानेको कुरा सोध्ने गरेकै कारण आफ्नो पहिलो कार्यकल तुलनात्मक रुपमा राम्रै भएको भएको थियो ।
कोभिडका कारण अहिले लामो समय सम्म हुँदा अधिकांश उद्योग व्यवसाय संकटमा छ । अधिकांश उद्योग व्यवसायको ब्यालेन्ससिट बिग्रिएका छन् धेरै उद्योगी व्यवसायीले सरकारको अभिभावकत्व खोजिरहेको छ । त्यसैले अब उनले ब्यवसायीका साथै आमजनजीवनलाई खुसीको एक झिल्को दिन राहत प्याकेज ल्याउनु पर्ने हुन्छ । खतिवडाको जस्तो कहाँ बाट दिनु राहत, राहत चाहिए कर तिर्नु भनेर पन्छिने बाटो छैन् ।
राज्यले विकशित देशको जस्तो राहत प्याकेज दिन नसकेपनि व्यवसायलाई जिवित भने राख्न सक्छ । सरकारले चाहेमा नागरिकलाई भोकै बस्नु पर्ने बाध्यताबाट मुक्त गर्न सक्छ । आमजनजीवनका लागि केही राहत प्याकेज ल्याए त्यसले अर्थतन्त्रमा माग पनि बढाउने छ । उद्योगी ब्यवासयीलाई मिठो बोल्दिँदा पनि धेरै समस्या हल हुन्छ । पौडेलले उद्योगी व्यवसायीले कठिन परिस्थितीमा गरिरहेको कामलाई सम्मान गर्दै उनीहरुको समस्या बुझिदिए मात्रै पनि उत्साहित हुने वातावरण तयार हुन्छ ।
पलायन हुन लागेका उद्योगी ब्यवसायीलाई राष्ट्र बैकसँग मिलेर केही प्याकेज ल्याउन सकिन्छ । अहिले राष्ट्र बैंकका कारणले मात्र ऋणीहरु टिकेका छन् । मौद्रिक नीति मार्फत निजी क्षेत्रलाई यति आश्वासन नदिएको भए कैयौं व्यवसायीले आत्महत्या गर्नुपर्ने अवस्था सृजना भईसक्थ्यो ।
खतिवडाले चालु बजेटमा लिएको केही निर्णयमा सुधार भइसकेको छ । तर अघिल्लो बजेटमा ल्याएका केही नीतिगत विचलनमा समेत सुधार गर्न आवश्यक छ । खतिवडाले ल्याएका स्थायी लेखा नम्बर, ढुवानी ट्रयाकिङको ब्यवस्था । यसलाई जस्तासुकै दबाबका बीच पनि पौडेलले अगाडि बढाउनु पर्छ ।
पौडेलका निजी क्षेत्रसँग सम्वन्ध सुधार्न जति सहज छ, कर प्रशासन र सार्वजनिक वित्त व्यवस्थापनमा अनुशासित हुन भने कठिन छ । खतिवडा टेक्नोक्र्याट रहेकाले प्रधानमन्त्री ओली बाहेकको दबाबलाई वास्तै गरेनन् तर पौडेलका लागि सबै नेतालाई रिझाउनुपर्ने दबाब रहन्छ । त्यो दबाबबाट टाढा रहेर काम गर्नुपर्ने चुनौती पौडेललाई हुनेछ ।
कोभिडका कारण केही वर्ष ढुकुटी सहज नहुन सक्छ । अबको दुई वर्षमा आम निर्वाचन हुने भएकाले पौडेललाई लोकप्रिय कार्यक्रम ल्याउन सक्ने अवस्था कम छ । राजधानी साटेर अर्थमन्त्री बनेको आरोप लागेका उनलाई लोकप्रिय कार्यक्रम नल्याएर राजनीतिक पहिरोको पनि सामना गर्नुपर्ने हुन्छ ।
पौडेले अघिल्लो कार्यकालमा भन्दा एकदमै जटिल अवस्थामा अर्थमन्त्री बनेका छन अर्थमन्त्रालय राम्रोसँग चलाउन अर्थशास्त्री नै हुनु पर्छ भन्ने आम सोच खतिवडाका कारणले खारेज भइसकेकाले पौडेललाई काम गर्न सहज भने छ ।