ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मिथिलाको पहिचान – जलेश्वर महादेव

नेपालको तराई क्षेत्र त्यसमाथी पनि जनकपुर अर्थात मिथिलाको विशेष महत्व छ । नेपाली स्स्कृति विश्वमाझ परिचित गराउने मिथिला सभ्यता र मिथिला द्वापरयुगसंग जोडिएको छ । नेपालका राष्ट्रिय विभुति राज जनकको शासनकाल पुर्विय दर्शनमा स्वर्णिम रुपमा अङ्कित छ ।

हिन्दू धर्मशास्त्रमा प्राचिन नगर अयोध्या र जनकपुरको विशेष उल्लेख गरेको पाइन्छ ।राजा रामको जन्म भूमि अयोध्या र माता सिताको जन्मभुमि जनकपुर हिन्दू धर्मालम्विका आरोग्य स्थान हुन । रामायणमा अल्लेख गरिए अनुसार ब्रमहाका पुत्र मरिचिको पनाती,कश्यपको नाति तथा विवस्वानका पुत्र वैवस्वत मनुले अयोध्याको स्थापना गरेका थिए । त्यस्तै मनुका नती र निमिका पुत्र मिथिले जनकपुर स्थापना गरेको मानिन्छ । भविष्यपुराणमा उल्लेख भएअनुसार निमिका पुत्र थिमिले मिथिलाको स्थापना गरेका कारण उनकै नामबाट जनकपुर अर्थात मिथिला नामाकरण हो  भने र जनक शब्द एक उपाधिका रूपमा प्रचलित भयो ।

भगवान राम र माता सिताको विवाहसँगै जोडिएको मिथाल र अयोध्याको सम्वन्ध आधुनिक नेपाल भारत संवन्धको समेत पर्याय बनेको छ । त्यस्तै याज्ञवल्क्य, जनक, अष्टावक्र, न्यायवार्तिकका रचैता उद्योतकर, उदयनाचार्य, गंगेश उपाध्याय चिन्तकले जनकपुरको सिर अझ उच्च बनाएको पाइन्छ । मिथिला संस्कृति र हिन्धु धर्मसँग प्रत्यक्ष जोडिएको राम सिता विबाह प्रत्येक बर्ष धुम धामका साथ मनाउने गरिन्छ । हिन्दु धर्म बुझ्न चाहने जोकोहिलाई विबाह पञ्चमी एउटा अध्ययनको विषय हो भने जनकपुरको जानकी मन्दिर हिन्दू धर्मालम्विकालागि आरध्य हो ।  माता जानकीको जन्मस्थान जानकपुरका अन्य धैरै धार्मिक स्थलहरु अहिले पनि उतिकै महत्वपुर्ण छन भने पर्यटकको रोजाइमा पर्न सक्छन् । त्यही मध्येको एक हो महोत्तरीको जलेश्वरमा रहेको जलेश्वर मन्दिर ।

पानी पोखरीमा महादेव विराजमान भएका कारण नै जलेश्वर नामाकरण भएको मानिने जलेश्वर महादेव मिथिलाकै आकर्षण केन्द्र हो । मन्दिरको विचभागको मुनी करिव १६ सिडिमुनी चतुर्भुज आकारमा रहेको शिवलिङ्ग अलौकिक मानिन्छ भने गुम्बन शैलीमा निर्माण गरिएको मन्दिर उत्तिकै आकर्षक छ । मन्दिरको छेउमा नै रहेको मटिहानी भन्ने स्थानबाट द्वापर युगमा भगवान राम र माता सिताको विवाहको मण्डप बनाउन माटो लगिएका कारण पनि उत्त क्षेत्रको महत्व बढेको स्थानियको दावी छ । आशुतोष, शिवजी, भोलेनाथ, भूतेश्वर, महाकाल, सोमेश्वर, महेश जस्ता नामले चिनिने देवाधिदेव महादेव शंकरको जलमा रहेको एक मात्र शिवलिङ्ग भएका कारण पनि यसको विशेष महत्व रहेको छ । साउन महिना तथा सोमबार शिवको बारका दिन जलेश्वर पुग्ने श्रदालुको घुइचो हुने गर्छ । जलेश्वर महादेवको दर्शन गर्नाले आफुले चिताएको पुरा हुने जनश्रुती छ ।  तेस्तै शिवरात्रीको अवसरमा नेपाल र नेपाल भन्दा बाहिरका लाखौ श्रदालु दर्शनकालागि जलेश्वर पुग्ने गरेका छन् । काठमाडौं उपत्यका भित्रका प्रमुख सिक शक्तिधामा  पशुपतिनाथ, डोलेश्वरधाम,गोकर्णेश्व, कुम्भेश्वर,कैलाशनाथ र उपत्यका बाहिरका हलेशी महादेव,गोसाइकुण्ड,दुम्चेश्व महादेव,कुशेश्वर महादेव र व्रमह्कुण्ड जत्तिकै महत्वका साथ लिने गरिन्छ ।

जलेश्वरको उत्पति पनि रोचक छ । हाल मन्दिर रहेको क्षेत्र घना जंगलको विचमा पत्थर रहेको थियो । जहा बाग,सिंह रहेको रहेको र एक समय ३ जना जोगीहरु जगदिशनाथ,दशमैबबाबा र चन्द्रशुक्ला लाई राती जलेश्वर महादेवले निन्द्रामा दर्शन दिरएर आफ्नो गुफा व्यवस्थापन गर्न लगाएको तर घना जंगल बाघ र सिंहको डर त्यसमाथी पहाड भएको जनाएपछि जलेश्वर महादेवले त्यहाबाट एक कोश उत्तरमा रहेको जंगलमा रहेको खजना लिएर आउन लगाएर सुनबाट गूफा निकालिएको किम्वदन्ति छ । त्यसपछि तिनि जोगिलाई राजकाजको अधिकार प्रदान गरेको स्थानिय पुजारी बताउछन् । त्यतिमात्र हैन महादेवको पुजाका लागि, दर्शनका लागि बेग्ला बेग्लै पोखरी वा स्थान रहेका छन। जसमा पूजाको लागि- सहस्त्र कमलको पुष्प भएको पोखरी, दर्शनका लागि- पूर्व हातखट्टा धुने गारधोई पोखरी, भोगराजको लागि – मखानको पोखरी र पुजारी महन्थको बास स्थानमा प्रयोग हुने पोखरी अझै रहेका छन्

जलेश्वर मन्दिरको नित्य पुजाका लागि विसं १८६४मा राजा गिर्वाण युद्ध विक्रम साहले मौजेहरु वहेडा जव्दी, बजराही, कञ्चनपुर, जलेश्वर, डाम्ही महेशपुर र महादेवपटटी (साविकको गाविस)बाट २ सय ७५ बिगाहा जग्गा तत्कालीन पुजारी महन्थलाइ दिएका थिए । राजाले दिएको ताम्रपत्र मन्दिरमा सुरक्षित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *