विश्व हात धुने दिवस –कोरोना महामारीले औचीत्य पुष्टि गर्दै

सरसफाइमा ध्यान नदिदा नेपालमा झण्डै ५ हजार बालबालिकाको ज्यान जाने गरेको सरकारी तथ्याङ्कले देखाउछ । नियमित सरसफाइ तथा सावुनापनीको प्रयोग गर्ने हो भने झाडापखालाबाट हुने बालबालिकाको मृत्यु आधाले, निमोनियाबाट हुने मृत्युलाई एक तिहाइले र सुत्केरीको समयमा हुने मृत्युलाई एक चौथाइले घटाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अझ कोरोना महामारीबाट बच्ने सवै भन्दा उपयुक्त विधि नै साबुनपानीले हात धुने रहेकाले यसको महत्व अझ बढ्दै गएको छ ।
आज अक्टोरवर १५ अर्थात विश्व हात धुने दिवस, नेपालमा सन २००८ अक्टोवर १५ देखे मनाउन थालिएको दिवसको यो बर्षको नारा ‘ हातको सरसफाइ सवैका लागि, साबुनपानी हात,सधैँ साथसाथ’ तय गरिएको छ । हात धुने दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवि भण्डारीले कोरोना महामारीको विस्तार र संक्रमण रोक्न साबुनपानीले मिचिमिच २० सेकेण्ड हात धुन आग्रह गरेकी छन् ।