ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

लक्षित समूहको मात्र नि:शूल्क पिसिआर परिक्षण

स्वास्थ्य मन्त्रालयले लक्षित समहुकोमात्र पिसिआर परिक्षण गर्ने नयाँ मापदण्ड ल्याएको छ ।  मन्त्रालयको नयाँ मापदण्ड अनुसार विपन्न अशक्त, असहाय नागरिक, असहाय एकल महिला, अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिकलाई निःशुल्क पीसीआर परीक्षण हुने छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्व गौतमाले  अग्रस्थानमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी, जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको निःशुल्क कोरोना परीक्षण हुने बताए । असोज १९ गतेको मन्त्रिपरिषदले निर्णय गरेको भन्दै   निःशुल्क परीक्षण गर्ने दायराभित्र परेका व्यक्तिका बीमा कम्पनीमा बीमा गरिएको भएमा परीक्षण र उपचार खर्च सोही बीमा रकमबाट बेहोरिने जानकारी दिए ।

समूहगत आवासमा बस्ने व्यक्ति, ब्यारेक, जेल, छात्रबास, वृद्धाश्रम लगायतमा ‘मास स्क्रिनिङ’का लागि एन्टिजेन परीक्षण गर्ने मन्त्रालयको रणनीति छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *