ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कार्तिक ७ गतेबाट क्लिनफिड कार्यान्वयनमा ल्याउने सरकारको तयारी

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

असोज २८, बुधवार ।। कार्तिक ७ गतेवाट अनिवार्यरुपमा क्लिनफिड लागु गर्न सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले विदेशी च्यानलाइ आग्रह गरेको छ । विज्ञापन नियमन गर्ने ऐन २ हजार ७६ को दफा १ अनुसार नेपालमा प्रशारण हुने विदेशी टेलिभिजनले विज्ञापन रहित अर्थात क्लिन फिड लागु गर्नुपर्ने बिज्ञप्तीमा उल्लेख गरेको छ । नेपालमा विदेशी टेलिभिजन च्यानलहरुले डाउनलिङ्क गरी विदेशी विज्ञापनहरु प्रसारण गरिरहेका छन् । विज्ञापन ( नियमन गर्ने ) ऐनले कार्यान्वयनको मिति कार्तिक ७ गते तय गरेकाले सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले सो नीति कार्यान्वयनका लागी बिज्ञप्ती जारी गरिएको सञ्चार सूचना तथा प्रवधि मन्त्रालय उल्लेख जानकारी दिएको छ । कार्तिक ७ गते भित्र क्लिन फिल्ड लागु नगर्ने विदेशी टेलिभिजन च्यानललाई कानुन वमोजिम कारवाही हुने मन्त्रालयले जानकारी दिएको छ ।

सञ्चार सुचना तथा प्रविधि मन्त्रालय प्रवक्ता गोकर्णमणि दुवाडीले -‘ क्लिनफिल्ड लागु भएसगै विज्ञापन वजार सरकार नियमनभित्र आउने वताएका छन् ।’ उनले क्विलन फिट कार्यान्यनमा आएसँगै विदेशी च्यानलहरुले वजाइरहेको विज्ञापनको सट्टा नेपाली विज्ञापनहरुले स्थान पाउने भन्दै यसले नेपालको विज्ञापन वजारको प्रवर्द्धन हुने , स्वदेशी कलाकारहरुले काम पाउने ,नेपाली सञ्चार माध्यमको आम्दानी वढ्ने र सरकारको राजस्वमा योगदान पुग्ने वताएका छन् ।

गोकर्णमणि दुवाडी , प्रवक्ता, सञ्चार तथा सुचना प्रविधि मन्धत्रालय

नेपालको विज्ञापन वजार तथा सञ्चारजगतका लागी खुसीको कुरा भएको विज्ञको ठम्याइ छ । नेपाली दर्शकले विदेशी च्यानलको कन्टेण्ट लागी मात्रै पैसा तिर्ने गरेकोमा तर त्यसको उपहारमा विदेशी विज्ञापन पनि हेर्नुपर्ने अवस्था रहेको सञ्चार विज्ञ डा. कुन्दन अर्यालको भनाई छ ।सले नेपाली वस्तु तथा उत्पादनको प्रवर्द्धन गर्नुका साथै नेपालको कला संस्कृतिमाथी अघात गर्ने खालका विज्ञापनवाट समेत मुक्ती पाइने उनको ठहर छ ।

यता टेलिभिजन केवल अपरेटर तथा डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्य भने सरकारले हतारमा निर्णय गरेको टिप्पणी गर्छन् । उनका अनुसार सरकारले दशैँ तिहार लागायतका चाडपर्वमा नेपाली जनतालाई टेलिभिजन हेर्नवाट वञ्चित गरेको वताउँछन् । सञ्चार सुचना तथा प्रविधि मन्त्रालयमा लामो समय सम्म मन्त्री नरहेको र उक्त मन्त्रालयमा भर्खरै आएका सचिव हरिप्रसाद वस्याललाई कानुन कार्यान्वयन गर्ने वाध्यात्मक अवस्था रहेकाले हतारमा उक्त निर्णय आएको वताएका छन् । त्यसका लागी राजनैतिक नेतृत्ववाट हस्तक्षेप हुनुपर्नेमा उनी जोड दिन्छन् ।

उनका अनुसार विदेशी च्यानल प्रदायकहरुले सरकारको निर्णयप्रति अनसन्तुष्ट तथा कार्यान्वन गर्न नसकिने भन्दै आएका थिए र उनीहरुले कोभिडका कारण क्लिन फिडका लागी आवश्यक पर्ने उपकरण समेत नल्याएकाले यो निर्णय कार्यान्वयन हुनेमा आंशका व्यक्त गररेका छन् । क्लिनफिड कार्यान्वयन गर्नका लागी सरकारले हालसम्म पनि ऐनमा व्यवस्था भएवमोजिम विज्ञापन बोर्ड गठन नगरेको , विदेशी च्यानलले डाउनलिंक गरी प्रशारण गर्ने विज्ञापनको सट्टा के प्रसारण गर्ने , विदेशी टेलिभिजनहरुले स्कोलमा प्रसारण गर्ने विज्ञापन प्रसारण गर्न पाउने कि नपाउने , नेपाली विज्ञापन प्रसारण गर्ने भए बिज्ञापनको निर्माण गर्ने देखी थुप्रै कुरा नीतिगत जटिलताहरु कायम रहेको आचार्य बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *