ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अस्पतालहरुको निगरानी गर्न मन्त्रालयका ३ जनालाई जिम्मेवारी,कसको भागमा कुन अस्पताल ?

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण भयाबहको अवस्थामा अस्पतालहरुको सेवाबारे प्रत्यक्ष निगरानी गर्ने भएको छ । अस्पतालहरुले सेवा चुस्तदुरुस्त बनाउन अस्पतालको गुणस्तर नियमन गर्न, अस्पतालमा आइपर्ने समस्याको तत्काल समाधान गर्न, अस्पतालको समग्र व्यवस्थापनको प्रत्यक्ष निगरानी गर्ने उद्धेश्यले मन्त्रालयका महाशाखा प्रमुखहरुलाई  जिम्मेवारी दिएको छ ।

प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीलाई वीर अस्पताल, पाटन अस्पताल, किष्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेज तथा सम्बन्धन प्राप्त नीजि अस्पतालमा निगरानी गर्ने जिम्मेवारी तोकिएको छ ।

यस्तै समन्वय प्रमुख प्रा.डा. जागेश्वर गौतमलाई शिक्षण अस्पताल, प्रहरी अस्पताल, विरेन्द्र सैनिक अस्पताल, थापाथली अस्पतालहरुलाई जिम्मेवारी तोकिएको छ । गुणस्तर मापन तथा नियमन महाशाखा कान्तिबाल अस्पताल, धुलिखेल अस्पताल र सम्झौता नभइसकेका नीजि अस्पतालहरु समेतको निगरानी गर्नुपर्नेछ ।

यस्तै अस्पतालको निगरानीका लागि तोकिएका तिनै जनाले अस्पतालहरुमा कोभिड बेड संख्या, हाइ डिपेन्डेन्सी, आइसियुसमेतको प्रवन्ध मिलाउने, अस्पतालहरुमा नियमित सम्पर्क गरि सुचना आदानप्रदान गर्ने, अस्पतालहरुसँग समन्वय गर्ने, अस्पतालमा आवश्यक पर्ने जनशक्तिको थपघट तथा खटनपटन व्यवस्थापन गर्ने, अस्पतालहरुमा तत्काल आर्थिक व्यवस्थाको लागि मन्त्रालयमा सिफारिस गर्ने, समन्वय गर्ने, पूर्वाधारको समुचित प्रयोग गरि अस्पतालको व्यवस्थापनमा लाग्ने जिम्मेवारी पनि दिइएको छ ।

यसैगरी अस्पतालमा आएका बिरामीलाई अन्यत्र पठाएको पाइएमा कारबाहीका लागि सिफारिस गर्ने, कोभिड र नन कोभिड बिरामीको अनुपातको आधारमा व्यवस्थापन गर्ने काम पनि उनीहरुको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *