सिमा जस्तो संवेदनशिल विषयमा पनि सरकार र प्रतिपक्षको दोहोरी

हुम्लाको नाम्खा गाउँपालिकामा रहेको नेपाल –चीन सिमाको पिल्लर नम्वर १२ को विषयलाई लिएर नेपालमा सरकार र प्रतिपक्षविच जुहारी नै सुरु भएको छ । सरकार सिमा क्षेत्रमा कुनै समस्या नभएको जिकीर गर्दै आएको छ भने प्रतिपक्षी काँग्रेसले स्थलगत अनुगमनबाट सिमा मिचिएको दावी गरेको छ ।
हुम्लास्थित नाम्खा गाउँपालिकाको सीमा क्षेत्रमा नेपाली भूभाग चीनको अतिक्रमणमा परेको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार सम्प्रेषण भएपनि परराष्ट्रमन्त्रालयले चीनसँग कुनै सीमा विवाद नरहेको र सीमा मिचिएको भन्ने समाचार गलत भएको बताएको थियो ।
नेपाली कांग्रेसले भने चीनले हुम्लामा सीमा मिचेको दाबी दोहोर्याएको छ । कांग्रेसको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हुम्ला सीमामा पुगेको र सिमा मिचिएपनि सरकार मौन सवेदनशिल नभएको काँग्रेसको आरोप छ । नेपाली काँग्रेसले बुधबार विज्ञप्ती जारी गर्दै राष्ट्रिय सहमति खोज्न समेत आग्रह गरेको छ । यस अघि भारतले नेपाल –भारत सिमा रहेको कालापानी लिपुलेर तथा लिम्पिया धुरा समेटिएको नक्सा जारी गरेक पछि नेपालले उक्त स्थान समेटिएको नक्सा सार्वजनीक गर्दा राष्ट्रिय सहमति जुटेको थियो ।
काँग्रेस प्रतिनिधि मण्डलले नेपालीले उक्त स्थानको भोगचलन गरेको,सडक निर्माण गरेको तथा १२ नम्वर पिल्लर समेत नयँ निर्माण भएको हुदाँ सिमा मिचिएको काँग्रेस प्रतिनिधि मण्डलको निस्कर्ष निकालेको हो । तर सरकारले भने यो भन्दा पहिलाने उक्त स्थानमा सिमा समिस्या नरेहको जिकिर गरेको थियो ।