ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टाराईको सरकारलाई ओपन च्यालेन्ज

डा. भट्टराईले केही दिन अघी गोर्खामा गरेको एक भाषणमा नेकपाका पार्टी अध्यक्षद्धय पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले वुढीगण्डकी जलविद्युत परियोजनामा ९ अर्व भन्दा वढी घोट्ला गरेको प्रमाण आफुसँग रहेको वताएका थिए । वुधवार नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठमाथी लगाइएको आरोप सरासर गलत रहेको विज्ञप्ति निकालेका छन् । उक्त विज्ञप्तिमा नेकपाका अध्यक्षद्धय माथी लगाइएको आरोप निरधार कपोकल्पित जनतालाई भ्रम छर्ने खालको भएको उल्लेख गरिएको छ । यदी डा भट्टराईसँग कुनै प्रमाण भए सार्वजनिकरुपमा वा सरकारी निकाय मार्फत आउनु भन्दै चुनौतिपुर्ण भाषा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जवाफ डा. भट्टराईले अधिकार सम्पन्न जनलोकपाल गठन गर्न सरकार तथा नेकपालाई चुनौति दिएको छन् । बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गर्न र सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गर्न चुनौति दिएका छन् । त्यति सरकारले त्यस्तो गर्न आँट गरे आफु सरकारलाई पूर्ण सहयोग गर्न र आफु दोषी ठहरे दण्डित हुन तयार रहेको वताएका छन् । उनले आफ्नो ट्वटर हेण्डलवाट ट्वट गर्दै जसकेला छिर्नेहरूले सत्ताको तुजुक नदेखाउन समेत चेतावनी दिएका छन् ।

असोज २५ गते नै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले विज्ञप्ति निकाल्दै बावुराम भट्टराईको भनाई प्रति नेपाली कांग्रसको गम्भीर ध्यानाकर्षण भएको वताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *