मन्त्रिपरिषद पुनर्गठन- विष्णुलाई अर्थको उपहार
सञ्चारको जिम्मा पार्वत गुरुङलाई

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले केही मन्त्री हेरफेर गरेका छन भने केही नयाँ अनुहारलाई मन्त्रिपरिषदमा ल्याएका छन् । उनले नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्रालय बनाएका छन् । डा युवराज खतिवडको समय अवधि सकिएर खाली बनेको अर्थमा आफ्ना विश्वासपात्र तथा बालुबाटा जग्गा प्रकरणमा नाम जोडिएका पौडेललाई अर्थको उपहार दिएका हुन् ।
त्यस्तै कोरोना महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको तथा ओम्नी समहसंगको स्वास्थ्य सामग्री खरिदप्रकरणमा नाम जोडिएका उपप्रधान तथा रक्षा मन्त्री इस्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा तानिएको छ । उनको रक्षा मन्त्रालय ओली आफैले राखेका छन् ।
तेस्तै कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सारीएको छ ।