ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रक्षक नै भक्षक – खाध्य सस्थान र डिडिसिले नै म्याद गुज्रिएको सामान बेच्दै

नीजि क्षेत्राबाट सञ्चालीत उद्योगहरुले पटक पटक म्याद गुज्रेको सामान बेचेका समाचार आउने गरेकै हुन तर तिनै निकायलाई कारवाही गर्ने सरकारी निकायले पनि म्याद गुज्रिएका सामान बजारमा पठाएर उपभवक्ताको स्वास्थ्मा खेलवाड गरिरहेका छन् भन्दा तपाईलाई विश्वास लाग्छ ? हो पछिल्लो समय सरकारका खाद्य व्यपार तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थाले नै म्याद गुज्रिएका सामान वेचेर उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको पाइएको छ ।

सरकारका -खाद्य व्यवस्था तथा व्यपार कम्पनी र दुग्ध विकास संस्थानले नै म्याद गुज्रिएको सामग्री वेचेको पाइएको हो । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सौलियत पसलका नाम  २ हजार १८ मा नै म्याद गुज्रिएको चामल र  दुग्ध विकास संस्थानले म्याद ग्रजिएको वटरको पनि विक्री गरेको पाइएको छ ।

काठमाडौ महानगरपालिकाको नेतृत्वको एक अनुगमन टोलीले खाद्य व्यवस्था तथा व्यपार कम्पनी र दुग्ध विकास कम्पनीको वस्तुहरु गुणस्तरहिन पाएको दावी गरेको छ । खाद्य व्यवस्था तथा व्यपार कम्पनीले जापान सरकारले अनुदानमा दिएको चामलमा म्याद गुज्रिएको पाइएको हो । चामलको २ हजार १८ सालमा नै म्याद गुज्रिएको भएपनि अहिले उक्त कम्पनीले विक्री गरिरहेको अनुगमन टोलीले जानकारी दिएको छ । त्यस्तै डिडिसीले म्याद ग्रुज्रिएको वटरवाट घ्युउ वनाइरहेको अवस्थामा उत्पादनस्थलवाटै जफत गरेको अनुगम टोलाका संयोजक हरीबहादुर भण्डारीले जानकारी दिए ।

नीजि क्षेत्रवाट उपभोक्ताहरु ठगिरहेको समयमा सरकारी संस्थानवाट नै यसरी उपभोक्ताको स्वास्थ्यमाथी नै खेलवाड गर्नु आपतिजनक रहेको अनुमगनमा संलग्न उपभोक्ता अधिकारकर्मीहरु वताउँछन् । साथै सरकारले यसमा संलग्न व्यक्तीहरु छानविन गरी ततकाल कारवाही गर्न माग गर्छन्  उपभोक्ता अधिकारकर्मी माधव तिमलसीना 

खाद्य तथा व्यपार कम्पनीको चामलमा उत्पादन मिति ,  उपभोग्य मिति, व्याज, मुल्य , तौल लेवलिङ नगरेको चामल पाइएको अनुगमन टोलीले जानकारी दिएको छ । अनुगम टोलीको कुरा सत्य रहेको र त्यसलाई तुरुन्त हटाउन निर्देशक दिइएको बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले द प्रेस नेपाललाई जानकारी दिए । उता  दुग्द्ध विकास संस्थान पनि वटरको म्याद ग्रुजिएको र वेचविखन भएको स्विकार गर्छ । दुग्ध विकास संस्थानका निवर्तमान उप-महानिर्देशक राजेन्द्रप्रसाद अधिकारीले यस्को सत्यतथ्य सार्वजनीक गरि कारवाही गर्ने प्रतिवद्दता जनाएका छन् ।

यसरी सरकारी संस्थानले खुलेआम म्याद ग्रुजिएको वस्तु विक्री स्वकार गर्नुले वजारमा अखाद्य्य वस्तुको विगविगी रहेको कुरा प्रस्ट भएको छ । सरकारी कम्पनीहरुले नै गुणस्तरहिन वस्तु वेच्नुले सरकारले नै आमजनताको स्वास्थ्यमा लापरवाही गरिरहेको प्रमाणित भएको छ । सरकारीस्तरका कम्पनीले यसरी सर्वसाधारणलाई ठगी र स्वास्थ्य माथी खेलवाड गरिरहेको अवस्थामा नीजिस्तरवाट कति ठगी भइरहेको छ भन्नेमा अनुमान पनि गर्न पनि नसकिने अवस्था रहेको देखिन्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *