ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२६ दिनमा ४ लाख ६६ हजारको ओहोर-दोहोर , संसदीय समिति भन्छ नाका बन्द नगर्ने हो भने उपत्यकाले थेग्दैन

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

काठमाडौ उपत्यकामा कोरोना भाइरस नियन्त्रण भन्दा बाहिर जादैँ छ ।तेस्तै उपत्यका छोड्ने र भित्रने साथै उपत्यका भित्रको  चहलपहल पनि नियन्त्रण बाहिरनै छ । सरदर काठमाडौ छोड्ने र भित्रने मानिसको सङ्ख्या ५ लाख छ ।

उपत्यकामा असोज १ गतेदेखी २६ गतेसम्मको तथ्याङक हेर्दा १ लाख १७ अजार ३ सय ६३ सावरी भित्रिएका छन् भने ४ लाख ६६ हजार ७ सय ३६ यात्रु भित्रिएका छन् । यस्तै उपत्यकाबाट असोज १ गतेदेखी २६ गतेसम्म १ लाख १९ हजार ४ सय ८४ सवारी ४ लाख ९६ हजार ५ सय ४ यात्रु बाहिरिएका छन् । सरदर दिनमा २० हजार बाहिरिने र भित्रिने यात्रु संख्या देखिन्छ ।

ट्राफिक प्रहरीले दशै तिहार लक्षीत गरी प्रहरी चेकीङलाई कडा गरेको छ ।

ट्राफिक प्रहरिका  प्रवक्ता रामेश्वर प्रसाद यादव भन्छन्  उपत्यका भित्रै पनि र विभन्न नाका गरि १ सय ३६ ठाउँमा प्रहरी चेकजाँच गरिएको छ ।  यात्रुलाइ धेरै भाडा लिने साथै मापदण्ड पालना नगर्ने भनेर यात्रुबाट गुनासो आएसंगै साधा पोसाकमा यात्रु बनेर समेत चेकजाँच भैरहेको छ । तेसो त ट्राफिक प्रहरीले दैनिक हजार देखि १ हजार ५ सय सम्म सवारी साधनलाई कारवाही गरेपनि भिडभाड रोकिएको छैन ।  

यसरी दैनिक लाखौको सङ्ख्यामा मानिस उपत्यका छोड्ने र भित्रने गर्दा कोरोना संक्रमण अझै बढ्न सक्ने भन्दै संसदिय समितिले दशैँ तिहारको समयमा उपत्यका प्रवेश गर्ने नाका बन्द गर्न सरकारलाई सुझाव दिएको छ ।

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको ‘कोभिड १९ नियन्त्रणमा सरकारको कामकारबाही अनुगमन उपसमिति’ ले उपत्यका प्रवेशको नाका सिल नगरे कोरोना महामारी थप भयावह हुने चेतावनी दिएको हो । उपसमिति जीवनराम श्रेष्ठले भने “उपत्यका हटस्पट भएर देखा पर्यो । यसलाई नियन्त्रण गर्न अब उपत्यकाको संक्रमित बाहिर नजाउन् भन्नेमा ध्यान दिनुपर्यो । उपत्यकाबाट जाने कुराले बाहिर जिल्लामा समेत भयावह हुने अवस्था रहेका कारण दसैँ– तिहारको बीचमा उपत्यकाको बोर्डर सिल गर्नुपर्छ । भित्र आउने र बाहिर जाने कुरालाई बन्द गर्नुपर्छ भन्ने हाम्रो सुझाव रहेको छ ।“

Leave a Reply

Your email address will not be published. Required fields are marked *