ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कतै नठोकिने ‘फुङफुङे झरना’ – धार्मिक सहिष्णुताको पर्याय

धार्मिक, सास्कृतिक, भौगोलिक मात्र हैन सामरिक रुपमा समेत ताप्लेजुङको पहिचान भिन्न छ । नेपालका ७७ जिल्ला मध्ये दुईवटा जिल्लामात्र सामरिक रुपमा यति धेरै महत्वपुर्ण छन जस्को ठुला दुई छिमेकी मुलुकसँग सिधा सिमा सम्वन्ध गासिएको छ । पश्चिममा दार्चुला र पूर्वमा ताप्लेजुङ । नेपालको दोस्रो अग्लो हिमाल कञ्चन्जङ्घा, कुम्भकर्ण हिमालमालले साहसिक पर्यटकलाई निम्ताइ रहेको हुन्छ भने धार्मिक चेत र आस्थावानका लागि माता पाधिभराले सधै जागृत गराई रहेकी हुन्छिन् । यि त नाम चलेका धार्मिक तथा पर्यटकिय गन्त्वय भए । तर केही यस्ता गन्त्यहरु छन् जुन पूर्विय दर्शनमा बणन गरिएको स्वर्ग भन्दा केही कम छैनन् । अर्थाता माता पाथिभराको दर्नमा जादा होस वा कञ्चनजङ्घा घुम्न जादा होस छुटाउनै नहुने अथवा नपुगि नहुने गन्तव्य हो फुङफुङे झरना ।

करिव ३ सय मिटर अग्लो चट्टानबाट कतै नढोक्कि एक नास फुङफुङ झरिरहने झरना प्रकृर्तिको अनुपम नीधि भन्दा फरक नपर्ला । झरनाको प्रकृति र विशेषताकै आधारमा झरनाको नामाकरण गरिएको स्थानियको भनाई छ । कतै नठोक्कि कन एक नास जमिनमा झर्दा आउने फूङफूङ आवाजसँगै यसको नामाकरण गरिएको मानिन्छ । बाह्रै मास झरीरहने विसाल झरनामा पानीको फोहोराका कारण झरना पुग्न यति कठिन छ कि झरनाको नजिक सम्म जानै सकिदैन । 

धार्मिक सहिसहिष्णताको पर्याय समेत मानिने शक्तिको प्रतिक फुङफुङे झरनाको सिरमा भएको कञ्चन संलो पोखरीको पुजा आरधना गरिन्छ भने झरनाको फेदमा किरातेश्वर महादेवको पुजा गरिन्छ । (किरातीहरु महादेवलाई पारुहाङ र पार्वतीलाई सङ्नीमाका रुपमा पुजा गर्छन ) शक्ति स्वरुपा झरनाको पुजा आरधना गरे सन्तानलाई सुख शान्ति मिल्ने जनविश्वास रहिआएको छ ।

संघिय राजधानी काठमाडौं तथा प्रदेश एकको राजधानी विराटनगरबाट सिधा हवाइमार्गको प्रयोग गरी सुकेटार विमान स्थल पुग्न सकिन्छ भने । सडक मार्गको प्रयोग गर्ने हो भने काठकामाडौंबाट सिधा झापाको विर्तामोड र त्यसपश्चात ताप्लेजुङ सदरमुकामा फुङ्लीङ पुग्न सकिन्छ । ताप्लेजुङ सदरमुकाम फुङ्लीङबाट पैदल हिन्दै गर्दा देखिने बहुजाति, बहुभाषी, बहुसांस्कृतिक संगमले जो कोहीको मन हर्ष विभोर हुन्छ । तल्लो भेगमा ब्राम्हण क्षेत्रि , मध्यमा राई लिम्बु र उच्च पहाडी भेगमा शेर्षा भोटेको संस्कृति रहनशहन र भेषभुषा फुङफुङे जरना यात्राको अर्को अविस्मरणिय बनाउँछ ।

सदरमुकामबाट हिडेको एक दिनमा यि सवै विषयको थोरबहुत रसोपान गर्दै फुङफुङे झरना पुग्दा जिवनको सार्थकता महसुस हुन्छ । ताप्लेजुङ मिक्वाखोलामा रहेको यहि प्रकृतिको अनुपम उपहार फुङफुङे झरना तपाई र हाम्रै प्रतिक्षामा अनवरत झरिरहेछ ।

खाना तथा लुगाका स्वखिनका लागि चौरीको, छुर्पी, घ्यु तेस्तै गलैचा देखि राडिपाखीले यात्रा अविसमरणिय बनाउछ भने किरात राईको धान नाच केलाङ, ब्रामण क्षेत्रीको संगिनि, शेर्पा भोटेको भोटेसेलो तथा स्यापु नाचको आनन्द लिदै साहसिक शेर्षा समुदायको विरताको गाथासँग रम्न पाउदाँ फुङफुङ झरनामात्र हैन मानिस पनि त्यसै गरी हावामा उडिरहेको अनुभुती गर्न पाउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *