काँग्रेसमा जता-ततै निरासै निरास

२०७४ साल माघ १६ गते नेपाली काँग्रेसका युवानेताहरु एकाएक सडकमा ओर्लिए । बटुवाको जुत्ता पालीस गरेका युवा नेताहरु राजनीतिक शुद्धिकरणको गर्ने प्रतिवद्दता जनाएका थिए । कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आयोजना गरेक ‘राजनीतिक शुद्धिकरण( जुत्ता पालीस) अभियान’ संचालन गरेको नेतृत्व साच्चै पार्टी रुपान्तरणमा लागेको होला त भन्ने धेरैको जिज्ञासा छ । त्यसमाथी पनि चौथौ महाधिवेशन नजिक हुदैँ जादा युवाको भूमिका के होला धेरैको चासोको विषय बनेको छ । तर उनीहरु पनि पार्टि सुधार भन्दै पुरानै नेताको आडमा शक्तिमा पुग्न अङ्क गणितको खेल खेल्न लागि परेका छन् ।
कोरोना कहरकाबीच नेपाली काँग्रेस आगामी फागुनमा हुने महाधिवेशनको तयारीमा जुटिरहदाँ महाधिवेशनका एजेण्डा,पार्टीको रणनीति तथा नीतिगत तयारी भन्दा गुटउपगुटमा विभाजन भएर चुनावी जोडघटाउ चर्को बनेको छ । अघिल्लो महाधिवेशनमा स्पस्ट तीन धारमा देखिएको काँग्रेस साँगठनिक एकताभन्दा शक्तिसमुहमा विकेन्द्रित बन्दै गएको छ । आगामी महाधिवेशनमा सभापति शेरवहादुर देउवा आफै नेतृत्व होडमा रहने बताइएको छ भने उनको विश्वासपात्र मानिने र मधेशमा राम्रो पकड भएका उपसभापति बिमलेन्द्र निधि पनि नेतृत्व आकाक्षीको सुचीमा छन । यस्तो अवस्थामा युवा नेता तथा प्रवक्ता विश्वप्रकास शर्मा,युवा नेत्री सिता गुरुङ देउवाको अंकगणितबाट पधादिकारी बन्ने होडमा देखिन्छन् । काँग्रेस भित्र युवाको आवस्यकता भए पनि उमेरका आधारमा मात्रै युवा भन्न नमिल्ने जसका लागि विकाच र कार्यशैली युवाको जस्तो हुनु पर्ने नेत्री गूरुङको भनाई छ ।
सभापतिका हैसियतमा आफुनिकटलाईमात्र मनद्दनित गरेको आरोप लागेका सभापति देउवालाई सबैभन्दा चुनौतीको विषय हो पारिवारिक विरासत बोकेका नेताहरु साथमा रहेको पौडेल पक्ष । यद्यपी नेतृत्वका आकांक्षी बढी हुदा गुट उपगुटको संयोजन बरिष्ठ नेता रामचन्द्र पौडेलका लागि अग्नि परिक्षा हुनेछ । पौडेल आफै नेतृत्व दौडमा रहदा कोइराला विरासतका शेखर र शशांक सहित प्रकाशमान सिंह देखि अर्जुन नरसिंह केसीसम्म सभापतिको लाइनमा छन् । महामन्त्री समेत रहेका सशांक कोइरालाले देउवालाइ परास्त गर्न सक्ने उमेद्वार आफुमात्र रहेको दावी गर्दै आएका छन् भने रामशरण महत पनि मौकाको पर्खाइमा छन ।
यो समुहमा रहेका युवा नेताहरु महाधिवेशनको सुनिस्चितताको माग गर्दै आएका छन् । सभापतिको अकर्मणयताका कारण एक वर्षको विशेष परिस्थिति समेत गुज्रेर कानुनी संकट आउने हो कि भन्ने चिन्तामा रहेका युवा नेता चन्द्र भण्डारी महाधिवेशनको जिम्मा आफुहरुलाई दिन देउवालाई चुनौति दिदै आएका छन् । उनीहरु महाधिवेशनमा कुनै पदमा पनि नलडि निस्पक्ष महादिवेशनबाट नयाँ नेतृत्व चुनेर देखाउने क्षमता आफुहरुसंग रहेको दावी गर्दै आएका छन् ।
महाधिवेशनमा तेस्रो तथा निणायक समुह हो सिटौला पक्ष । चर्चित युवा नेता सहितको यो समुह एकल रुपमा प्रतिस्पर्धा गर्ने भन्दा पनि जुन समुहसँग नजिक रहनेछ परिणाम त्यता भारी हुने स्पस्ट छ । पछिल्लो महाधिवेशनमा अन्तिम समयमा शेरबहादुर देउवालाई सहयोग गरेका कृष्णप्रसाद सिटौला आफै नेतृत्वका आकांक्षी हुन भने युवामाझ लोकप्रिय रहेका गगन थापा पनि अवसरको पर्खाइमा छन ।
निर्णायक शक्ति मानिएको सिटौंला समुहका युवा नेता प्रदिप पौडेल हालसम्म उमेद्वार घोषणा गर्नेहरुमा कम्युनिष्ट शक्तिसँग जुध्ने सामर्थ्य रहेकोमा आशंका ब्यक्त गर्छन । भने १३ औ महाधिवेशन जस्तै समिकरण बन्छ भन्नेमा विश्वस्त छैनन् । सोही समुहका अर्का युवा नेता गगन थापा चौथौं महाधिवेशनमा बुढाहरुलाई लडाएर १५ औं महाधिवेशन युवा मय बनाउन सकिने रणनितीमा देखिएका छन् ।
यसरी गुट र उपगुटमा विभक्त भएको काँग्रेसको आन्तरिक लोकतन्त्र कम्जोर बनेको छ । पार्टिलाई सवलिकरण गर्छौं भनेर कसम खाएका युवा नेता समेत गुट उपगुटमा रुमलिएपछि त्यसको आक्रोष कार्यकर्ता तहमा व्याप्त छ । आफुलाई सवै भन्दा पूरानो लोकतान्त्रीक पार्टि मान्ने काँग्रेस आफू विधान र पद्दति अनुसरा चल्ने भए १४ औं महादिवेशनबाट नयाँ नेत्रृत्व चयन भएको आधा बर्ष कटेको हुने थियो । तर पार्टि भित्रको गुट र उपगुटको भागबन्डा नमिल्दा काँग्रेसको लोकतन्त्र उदेकलाग्दो बनेको छ ।
२०७२ फागुन २० देखि २३ सम्म काठमाडौंमा भएको १३औं महाधिवेशन पछि २०७६ फागुनमा नयाँ नेत्रित्व पाउनु पर्ने थियो । तर सभापति देउवाले एक बर्षे कार्यकाल बढार महाधिवेशनको मिति तोकेपनि उक्त समयमा महादिवेशन हुने संभावना टर्दै गएको छ । असाधारण स्थिति भएमात्रै एक बर्षे कार्यकाल थप्न सक्ने पार्टिको विधानलाई टेकेर सभापतिले आगामी फागुन ७ देखि ११ लाई महाधिवेशनको मिति तोकेका थिए । यसरी निर्धारीत समयमा पार्टि महादिवेशन नहुने र थपिएको विषम परिस्थितिमा समेत महाधिवेशन हुने संभावना बढ्दै जादा कार्यकर्तामा आक्रोष थपिएको छ । जस्को व्यवस्थापन गर्न जील्ला सभापतिहरुलाई धौ धौ छ ।
निर्धारीत समयमा नै पार्टिको हमाधिवेशन संपन्न हुने र नयाँ नेतृत्व आउने आसा कार्यकर्तामा रहेको र कार्यकर्ताले तत्काल नयाँ नेतृत्व चाहेको तेह्रथुम काङ्ग्रेसका सभापति गोविन्द ढुंगाना (केदार)को भनाई छ । दुई तिहाइ दम्व सहित जनतामा अराजका कायम गरेको कम्युनिष्टसंग जुद्धने नेतृत्वको खोजिमा जनता कार्यकर्ता रहेको र काँगेसको सधै यही रवैया हुने हव भने जनताले सधै काँग्रेस नै छानेर बस्छन भन्ने नभएको भन्दै त्तकाल सच्चिन नेतृत्वसँग ढुंगानको अपिल छ ।