ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आफ्नै निर्णयबाट पछि हट्यो सरकार – सार्वजनिक यातायातमा पनि भरी यात्रु

सार्वजनिक सवारीमा सिट क्षमता अनुरुप यात्रु चढाउन पाउने सरकारले सार्वजनिक सवारी साधनमा सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । सार्वजनिक यातायात सन्चालनमा आएसंगै सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा बढी लिइ बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने निर्णय भएको थियो ।

 व्यवसायिको माग बमोजिम चाडवाडलाइ मध्यनजर गर्दै सुरक्षा सावधानीको पूर्ण पालना गरि सोमबार बसेको मन्त्रीपरिषद बैठकले सिट क्षमताअनुरुप यात्रु राख्न पाउने गरि निर्णय गरेको हो । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय पनि उल्टिएको छ ।

सिट क्षमताअनुरुप यात्रु राखेसंगै भाडा पनि पुरानै दरमा हुनुपर्ने सरकारको निर्णय छ । अन्तरिक हवाई उडानमा पनि आधा मात्र यात्रु राख्न पाउनुपर्ने भन्दै हवाई सेवा प्रदायक कम्पनीहरुले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर सबै सिटमा यात्रु बोक्दै आएका भन्दै सार्वजनिक सवारी सन्चालनकर्ताहरुले आफूहरुलाइ पनि उक्त नियम लागु हुनुपर्ने माग भने राख्दै आएका छन् ।

नजिकिदै गरेको दशैंको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा सिटको अभाव देखिदै आएको छ । सोमबार मन्त्रीपरिषदको निर्णय अनुरुप अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान भने हाललाई कार्तिक मसान्तसम्म कायमै राख्ने निर्णय भएको छ । बैठकले आम नागरिकलाई जहाँ छ, त्यही दशैं मनाउन र उपत्यकाबाट गाउँ नजान आग्रह गर्ने निर्णय पनि गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *