ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कक्षा १२को परीक्षा दशैं तिहारको विचमा, आफैले पढेको स्कुलमा परीक्षा दिन पाइने

गत बैशाख ८ गतेलाई तय भएको कक्षा १२ को परीक्षा कोरोनाका कारण स्थगित भएको थियो । परीक्षा स्थगित भएको छ महिनापछि शिक्षा मन्त्रालयले दशै तिहारको विचमा परीक्षा सञ्चालन गर्न राष्ट्रिय परीक्षा वोर्डलाई निर्देशन दिएको जनाएको छ । कोरोना संक्रमण बढि रहेको तर उच्च शिक्षाका लागि बाटो खोल्नु पर्ने वाध्यता रहेको भन्दै मन्त्रालयले होम सेन्टरमार्फत परीक्षा दिने व्यवस्था मिलाउन निर्देशन दिएको शिक्षा सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।

मन्त्रालयले वोर्डसंग छलफल गरी परीक्षाका विभिन्न मोडालिटीमा छलफल गरेको र ४०:४०२० को अनुपातमा मूल्याकन हुन सक्ने जनाएको छ । जसमा ४० प्रतिशत कक्षा ११ को परीक्षाको मुल्याङकन, ४० प्रतिशत परीक्षा र बाकीँ २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याकनका आधारमा गर्ने गरी तयारी भएको समेत बुझिएको छ ।

यस अघि एसईई र कक्षा ११ को मूल्याकन विद्यालयले नै गरेका थिए भने विश्वविद्यालयको धैरैको परीक्षा अन्योल कायमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *