ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

४ हजार ४७ कोरोना संक्रमित थपिदा उपत्यकामा मात्र २ हजार २ सय ८३

पछिल्लो २४ घण्टामा ४ हजा।र ४७ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ उपत्यकामा मात्र २ हजार २ सय ८३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्व गौतमले दिएको जानकारी अनुसार काठमाडौंका १ हजार ८ सय ८८, ललितपुरका २ सय ७७ र भक्तपुरका १ सय १८ जना छन् । नेपालमा ४ हजार ४७ जना नयाँ कोरोना संक्रमित थपिएसंगै कुल कोरोना संक्रमितको सङ्ख्या  १ लाख ११ हजार ८०२ पुगेको छ ।

उनीहरुमध्ये ६४५ जनाको मृत्यु भएको छ भने ७७ हजार २७७ जना संक्रमणमुक्त हुदाँ  देशभर ३३ हजार ८ सय ८० संक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *