ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्राध्यापक कुटिएको पाँच दिन पछि अनेरास्ववियुको विज्ञप्ति

विद्यार्थी, शिक्षक र  अभिभावक एक अर्काका पर्याय जस्तै मानिन्छ । त्यसमाथी गुरु र चेलाको सम्वन्ध भगवान र भक्तको जस्तै मानिन्छ । तर पछिल्ला घटना केलाउने हो भने यि सम्वन्धहरु टाढिदै गएका छन् जसको कारण परसरपर विरोधी राजनीति ।

गत असार २०गते त्रिभुवन विश्वविद्याल समाजशास्त्र केन्द्रिय विभागका उप-प्राध्यापक प्रेम चलाउने माथि विश्वविद्यालय परिसरमा विद्यार्थीको साङ्घातिक आक्रमणमा परे । पिडित पक्षले नेपाल बिद्यार्थी संघका ३ जना कार्यकर्ता विरुध जाहेरी दियो ।  उक्त संगठनले उनीहरुको कसुर प्रमाणीत भए विभागिय कारवाही गर्ने जनाएको छ । नेबिसंघ त्रिवि क्याम्पस इकाइ सभापति सम्झना खत्रीले क्याम्पस भित्र अमर्यादित काम गर्ने जो भएपनि कारवाहि गर्ने प्रतिवद्दता जनाएकी छन् भने नेबिसंघ केन्द्रिय समितिले पनि घटनाको खण्डन गरेको छ ।

यता अर्को विद्यार्थी संगठन अनेरास्ववियुले घटना घटेको पाँच दिनपछि विज्ञप्ति निकाल्दै खण्डन गरेको छ । उस्ले विज्ञप्तिमा भनेको छ

‘एउटा नितान्त बौद्धिक र शैक्षिक उन्नयनको कर्ममा जुटिरहेको प्राध्यापक माथि सुनियोजित रुपमा पाशविक आक्रमण गरेर सिङ्गो प्राज्ञिक क्षेत्रलाई आतंकित पार्न उद्धत अपराधिक समुहलाई जुनसुकै आवरणमा रहेको भएपनि अविलम्ब गिरफ्तार गरी हदैसम्मको कार्वाही गरेर आम प्राध्यापक जगतलाई सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकार गृह मन्त्रालय समक्ष जोडदार माग गर्दछौं । यसका साथै हाल मेडिसिटी अस्पतालमा उपचाररत उपप्राध्यापक चलाउनेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।‘

 जे होस पाँच दिन पछि भएपनि विज्ञप्ति निकालेर घटनाको भर्सना गरेको छ । गुरु प्रतिको आधर मानेपनि संवेदनशिल घटनामा छिटो गर्न सके विद्यार्थी र प्राध्यापक विचको संवन्धलाई दरिलो वनाउन सकिन्थ्यो की ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *