ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

समग्र विकासमा महत्वपूर्ण भन्सार प्रशासन – सुधारको छलाङ मार्दै

सेयर गर्नुहोस
  • 746
  •  
  •  
  •  
    746
    Shares

 भन्सार नाकामा रहने एउटा कार्यालय हो जसले राजश्व संकलनका अतिरिक्त व्यापारको सहजीकरण र सामाजिक हितको संरक्षण को कार्य गर्दछ । अर्थमन्त्रालय अन्तर्गत रही राज्यको ढुकुटीमा राजश्व संकलन गर्नको लागि भन्सार कार्यालय हरु स्थापना भएका छन् । स्थल भन्सार कार्यालयहरु भारत र चीनका नाकाहरुमा स्थापना भएका छन् भने काठमाडौंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय रहेको छ । ३८ वटा मूल भन्सार कार्यालयहरु र १३३ वटा छोटी भन्सार कार्यालयहरु अस्तित्वमा छन् तीमध्ये १३ वटा भन्सार कार्यालयहरूबाट कुल राजस्वको करिब ९६ प्रतिशत राजस्व सङ्कलन हुने गर्दछ । पूर्व देखि पश्चिम सम्म का भूभागहरुमा रहेका बजारहरुमा माल वस्तुहरूको आपूर्ति सहज होस् भन्नका लागि र व्यापारको लागत र समय कम गर्नको लागि भनेर राज्यले पूर्वदेखि पश्चिमसम्म भन्सारहरु स्थापना गरेको छ भने उत्तरी चिनको सिमाना तर्फ पनि भन्सार हरुको स्थापना गरिएका छन् तीमध्ये रसुवा र तातोपानी ठूला भन्सार कार्यालयहरु हुन् । तराईमा मेची बिराटनगर जलेश्वर वीरगञ्ज सुक्खा बन्दरगाह भैरहवा नेपालगन्ज धनगढी भन्सार हरु प्रमुख मानिन्छन् ।

भन्सार कार्यालयको सञ्चालनका लागि भन्सारमा आएका मालवस्तुहरु को व्यवस्थापनका लागि र जाँचपासका लागि भन्सार कार्यालय एकमात्र निकाय होइन । यसको लागि अन्य धेरै निकायहरु यसमा सहभागी भएका हुन्छन् । उदाहरणको लागि खाद्य सामग्रीहरूको व्यापारका लागि खाद्य तथा गुण नियन्त्रण विभाग पशु सेवा विभाग कृषि विभाग लगायतका निकायहरु सहभागी भएका हुन्छन् भने औषधिजन्य वस्तुहरूको आपूर्तिका लागि स्वास्थ्य मन्त्रालय औषधी व्यवस्था विभाग स्वास्थ्य सेवा विभागहरु लगायतका निकायहरु सहभागी हुन्छन् । त्यसैगरी ती मालवस्तुहरु निकासी वा पैठारी गर्नका लागि अनुमति लिनुपर्ने हुन्छ र तिनीहरूको अनुमति र प्रमाणीकरणका लागि वाणिज्य मन्त्रालयले प्रमुख भूमिका खेलेको हुन्छ ।

 त्यसैगरी अन्य धेरै मन्त्रालय विभाग र कार्यालयहरु सँग नजिकको समन्वय र सहकार्यमा मात्र भन्सार व्यवस्थापन सम्भव हुने भएकोले भन्सार प्रशासन एउटा एउटा समन्वयमा रहेर काम गर्ने संस्था हो एउटा network organization हो भन्दा पनि हुन्छ । यसको लागि सूचना प्रविधि प्रयोग गरेर सम्बन्ध स्थापित गर्न भनेर भन्सार विभागले यस वर्षदेखि नेपाल एकद्वार प्रणाली भन्ने विकास गरिरहेको छ र त्यो सूचना प्रविधि सम्बन्धी प्रणालीले ४० वटा भन्दा बढी सरकारी तथा गैरसरकारी निकायहरुलाई यसले एकै ठाउँमा जोडदछ र निकासी पैठारी कर्ताहरुले आफूलाई आवश्यक पर्ने कागजातहरू विभिन्न निकायबाट प्राप्त गर्नुपर्ने अनुमतिपत्रहरु र अन्य विभिन्न किसिमका प्रमाण तथा गुणस्तर मापन गरिएका कागजातहरु को विवरण बोकेर निकाय निकाय जानुपर्ने अवस्थाको अन्त्य हुनेछ र आवश्यक पर्ने कागजपत्रहरु अनलाइनमार्फत सोझै पेश गर्न सकिने हुनेछ यस्तो अवस्था लाई हामीले भन्सार प्रशासन Paperless administation को रुपमा रुपान्तरण हुँदैछ भनेर भनिरहेका छौं ।

त्यसैगरी भन्सार राजश्व भुक्तानीका लागि बैंक मार्फत आफ्नो खाताबाट सोझै trasfer गर्नको लागि online Payment system e-payment कार्यक्रम सुरु गर्न गइरहेका छौं र यो कार्यक्रम कार्यान्वयन पश्चात भन्सार प्रशासन एउटा cashless admistration मा रुपान्तरण हुनेछ । यसरी digital विधि प्रयोग मार्फत भन्सार प्रशासनले आफूलाई एउटा digital administration रूपमा आफूलाई रुपान्तरण गर्दै व्यक्तिको भौतिक उपस्थितिलाई न्युन गराई faceless admistration को रुपमा सबैले आफूलाई चिनाउन गइरहेको छ ।

भन्सार प्रशासनले करिब २० वर्षदेखि सूचना प्रविधिको प्रयोग गर्दै आइरहेको छ । पछिल्लो समय सूचना प्रविधिको भन्सारको प्रणालीको आधुनिक प्रबिधि आशिकुडा world-system लागू गरिरहेको छ । आशिकुडा world एउटा internet best IT system हो जसमा भन्सार मा मालवस्तु प्रवेश गरेदेखि त्यो मालवस्तुको घर वा अफिस बाटै घोषणा गर्नसक्ने र यो घोषणा भइसकेको मालवस्तुको तोक आदेश पनि प्रणालीबाटै हुने र त्यो मालवस्तु हरियो पहेंलो वा रातो मार्गमा पर्दछ भन्ने कुराको पहिचान सबै प्रणाली ले  नै गर्ने भएको हुनाले व्यक्तिको तजबिजी अधिकार लाई शुन्य गरिदिएको छ । जसले गर्दा मालवस्तुको जाँचपासमा गुणस्तरीयता कायम गर्न सकिएको छ ।

जाँचपास भइसकेका मालवस्तुहरुको एग्जिट नोट पनि प्रणालीबारे निकासी जारी हुने हुनाले कति मालवस्तुहरु यार्डमा आएका छन् र कति मालवस्तुहरु यार्डबाट बाहिर गएका छन् भन्ने तथ्याङ्क हरु पनि हामीहरुले online प्रणालीबाटै प्राप्त गर्न सक्छौं । त्यतिमात्र नभएर रियल टाइममा कति मालवस्तुहरु आज जाचपास भए र कति राजश्व संकलन भयो कुन शीर्षकबाट संकलन भयो कुन कार्यालयबाट कति संकलन भयो भन्ने विवरण तत्काल छिनछिनमा प्रणाली मार्फत प्राप्त गर्ने सक्ने भएको हुनाले वैदेशिक व्यापार र राजश्वको विवरण हामीहरुले तत्काल प्राप्त गर्न सक्दछौं ।

भन्सार प्रशासनले वैदेशिक व्यापारको तथ्यांकको लागि प्रमुख एकमात्र निकायको रुपमा समेत काम गरि रहेको हुन्छ तसर्थ भन्सार प्रशासन राजश्व संकलन मात्र नभएर वैदेशिक व्यापारको लागि पनि एउटा महत्वपूर्ण विन्दुको रुपमा निकायको रुपमा रहेको हुन्छ । त्यसैगरी राज्यले निषेध गरिएका र समाजलाई अहित गर्ने खालका मालवस्तुहरु लाई भन्सार प्रशासनले सम्बन्धित निकायको समन्वयमा नाकामै नियन्त्रण गरि नष्ट वा जफत गरी समाजको हित संरक्षण समेत गर्ने भएको हुनाले भन्सार प्रशासनको महत्व राज्य संचालनमा सामाजिक विकासमा र अर्थतन्त्रका लागि ज्यादै नै महत्वपूर्ण हुन्छ र नेपालको भन्सार प्रशासनले यस्ता उद्देश्य हरु मा समर्पित भएर आफूलाई निखार्दै प्रविधियुक्त प्रशासनको रुपमा स्थापित गर्दै गएको छ । 

(भन्सार विभागका महानिर्देशक सुमन दाहालसंगको कुराकानीमा आधारित)

2 thoughts on “समग्र विकासमा महत्वपूर्ण भन्सार प्रशासन – सुधारको छलाङ मार्दै

  1. तपाइँको कर्मचारीले भन्सार जाँचपास गर्दा ब्यापारी हरुलाई कति दुख दिन्छन कहिले बुझ्नु भएको छ? त्यहा कति पैसाको बार्गेनिङ हुन्छ सक्नेले घुस खुवाउने र काम गराउने अनि नसक्नेलाई लाखौं जरिवाना तिरायर बिस्थापित गर्ने, भन्सारका सबै कर्मचारीलाई एउटै तराजुमा राखेर जोख्नलाई त मिल्दैन तर धेरै जसोले ब्यापारीलाई दुख नै दिन्छन। तपाइहरुलाई पो अन्तरवार्ता दिन सजिलो छ। मिडियामा बोले जस्तो वास्तविक काम कार्यालयहरुले गर्ने वातावरण बनाउनुहोस त

  2. I am not sure where you are getting your info, but great topic.
    I needs to spend some time learning much more or understanding more.
    Thanks for wonderful info I was looking for this information for my
    mission.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Site_logo