ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पुन: लकडाउन गर्ने सरकारको संकेत

नागिरक स्तरबाट कोरोना नियन्त्रणका लागि स्वास्थ्य सम्वन्धि प्रोटोकल नमाने सरकारले पुन: लकडाउन गर्ने संकेत गरेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा  सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको र नागरिकले नै स्वास्थ्य प्रोटोकल अवज्ञा गरे पुन लकडाउन गर्न सक्ने संकेत गरेका हुन् ।

चाडवाड नजिकिदै जादा भिडभाड बढेको र भिडभाडमा कोरोना संक्रमण तिव्र फैलनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । तत्काल लकडाउन गर्ने सरकारको कुनै योजना नभएको तर नागरिक सचेत नभए लकडाउन गर्न सरकार वाध्य हुने उनको भनाई छ ।

दशै, तिहार र छठजस्ता चाडपर्वहरुमा भींडभाड हुने र संक्रमण झन बढ्ने ठूलाबडाबाट आसिल लिने परम्परा भएका कारण जेष्ठ नागरिक जोखिममा पर्ने भन्दै यसतर्फ पनि ध्यान दिन मन्त्री ज्ञवालीको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *