उपत्यकामा भयावह कोरोना संक्रमण, सिंहदरवारमा पनि उत्तिकै जोखिम
पछिल्लो समय काठमाडौं उपत्यका कोरोनाको हटस्पट बन्दै गएको छ । दैनिक थपिने कोरोना संक्रमितमा अधिकाम्स उपत्यका भित्र रहेको मन्त्रालयको तथ्याङ्कले देखाउछ । पछिल्लो २४ घण्टामा २ हजार ७१ जना नयाँ कोरोना संक्रमित थपिदा उपत्यकामा मात्र १ हजार ४ सय १६ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्व गौतमाले जानकारी दिए ।
मन्त्रालयले समुदायस्तरमा कोरोना तिव्र फैलिएको र बिशेष काठमाडौं उपत्यकामा जोखिम उच्च रहेको हुँदा चाडवाडमा हुने भिड समेत नगर्न आग्रह गरेको छ । तेस्तै मौसमी रुघाखोकीको कारणले कोरोनाको आशंका र जोखिम समेत हुने हुँदा यसबाट समेत जोगीन मन्त्रालयले सुझाएको छ ।
उपत्यकामा कोरोना संक्रमण तिव्र भइरहेका वेला सवैभन्दा ठुलो प्रशासनिक केन्द्र सिंहदरवारमा समेत कोरोनाको जोखिम बढेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलमा संक्रमण पुष्टि भएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ । यो संगै सिहंदरवार पनि असुरक्षीत बनेको हो ।
स्वास्थ्य मन्त्रालयको तथ्याङक् नेपालमा कुल संक्रमितको संख्या १ लाख ७ हजार १ सय १९ पुगेको छ । हालसम्म जम्मा १२ हजार ४ सय २७ गरि ११ लाख ७६ हजार ९ सय ८४ पिसिआर टेष्ट भएको छ । नेपालमा कोरोना जित्नेको संख्या २४ घण्टामा १५ सय ५२ गरि ७५ हजार ८ सय ४ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण २२ जनाको मृत्यु हुदाँ कोरोना संक्रमणका कारण ६ सय ३६ जनाले ज्यान गुमाएका छन् ।
३१ हजार ३ सय १५ हाल सक्रिय संक्रमितको संख्या हुदाँ संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ४९ जना र होम आइसोलेसनमा १७ हजार ६ सय ६६ जना रहेका छन् ।