ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

तोडे डा.केसीले अनसन , सरकार र डा . केसी विच ८ वुँदे सहमतिपत्रमा हस्ताक्षर

सेयर गर्नुहोस
  • 113
  •  
  •  
  •  
    113
    Shares

असोज २४ , काठमाडौं । सरकार र अनसरत डा. केसी विच ८ वुँदे सहमति भएको छ ।

८ वुँदे सहमितमा के के छन त ?

सरकार र डा।केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ ।

यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।

यस्तै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा। केसीबीच २०७५ साउन १० लाई पनि राख्ने सहमतिमा उल्लेख छ ।

अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपिनाथ मैनालीविच शनिवार मध्यरातमा सहमति भएको थियो । २७ दिन देखी अनसनरत केसीले आइतवार अनसन तोड्ने कार्यक्रम रहेको छ । मध्यरातमा सरकारी वार्ताटोलीका संयोजक गोपीनाथ मैनालीले डा. केसीसँग मध्यरात १२:१५ मा सहमति भएको फेसवुकमा स्टाटस लेख्दै आफुँलाई सहयोग गर्ने शिक्षा मन्त्री , डा . दिव्या शाह , सरकारी टोलीका सदश्यहरु डा. गुणराज लोहोनी , डा . दिलिप शर्मा र डा. केसीका तर्फबाट वार्ता टोलीका संयोजक डा जीवन क्षेत्री तथा सदश्यहरुलाई धन्यावाद दिएका छन् ।

मैनाली फेसवुकमा पोष्ट गरेका थप तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *