ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

केसीका माग संवोधन नगरे देशभर आकस्मिक र कोरोना बाहेकका सेवा बहिस्कार गर्ने चिकित्सक संघको घोषणा

सरकारले गोविन्द केसीका माग २५ गतेभित्र संवोधन नगरे  देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोरोना बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने नेपाल चिकित्सक संघले घोषणा गरेको छ ।

२७ दिनदेखी अनशनमा रहेका केसीसँग बार्ता गर्न सरकार र केसी पक्षबीच वार्ता टवली गठन भएको र ३ दिन वार्ता हुदाँ पनि सहमति नभएपछि चिकित्सक संघले कोरोना बाहेकका सेवा बहिस्कार गर्ने घोषणा गरेको हो ।

२९ भदौमा  ६बुँदे माग राखेर अनसन  सुरु गरेका केसीसंग वार्ता गर्न २४ औ दिनमा शिक्षा सचिव गोपिनाथ मैनालीको संयोजकत्वमा वार्ता टोली गठन भएको थियो । भने सोही दिन केसी पक्षबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा वार्ताटोली गठन गरेर वार्ता भएपनि निस्कर्ष विहिन बन्दै आएको छ । 

सरकारले भने कोरोना महामरीका कारण मुलुक आक्रान्त बनेको  भन्दै यस्तो अफ्ठ्यारो अवस्थामा अनशन स्थगित गर्न आग्रह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *