ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रोकिएन उपभोक्ता ठगिने क्रम, नियमनकारी निकायको भुमिका माथि नै प्रश्न

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

बजार अनुगमन गर्ने एक दर्जनबढी नियमनकारी निकाय भएरपनि बजारमा सुधान आउन सकेको छैन् । बजार अनुगमनको जिम्मेवारी पाएका निकायहरुले बजार नियमनमा रहेको र कालोबजारी गर्नेलाई कारवाहि गर्ने बताएपनि महानगरपालकाले गरेको अनुगमनका पसलै पिच्छै म्याद सकिएका समानहरु भेटिने गरेका छन् ।

गुणस्तर विभाग, खाद्य व्यवस्था तथा गुण नियन्त्रण विभाग, औषधी व्यवस्था विभाग, पशुसेवा विभाग, उपभोक्ता संरक्षण ऐन कार्यन्वयन गर्ने तथा बजार नियमनको मुख्य जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग गरि संघीय सरकार मातहत झण्डै एक दर्जन कार्यलयहरु रहेका छन् । यसका अलावमा स्थानीय सरकार सञ्चालन ऐन अन्तर्रगत स्थानीय सरकारलाई बजार अनुगमन, निरिक्षण र नियमन गर्ने अधिकार पनि रहेको छ । त्यस्तै उपभोक्ता संरक्षण ऐन अनुसार सबै जिल्ला प्रशासन कार्यलयमा एक जना अनुगमन अधिकृत पनि तोकिएको छ जसको संयोजकत्वमा स्थानीय सरकारले बजार अनुगमन गर्नुका साथै कुनै कैफियत भेटीए तत्काल कारबाही पनि गर्ने सक्ने व्यवस्था रहेको छ । यहि हुँदा पनि बजारको अवस्थामा भने सुधार आउन सकेको छैन् ।

विहिबार एक जना उभोक्ताले आफ्नो घरमा सिल गरेको जारमा किरा परेको भन्दै उपभोक्ता धिकार कर्मी प्रेमलाल महर्जन मार्फल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गुण स्तरको र बढि मुल्य लिएको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्ष विभागमा मुद्दा हालेका छन् ।

गत साउनमा पानी उद्योगी सँगको सहमतिमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पानीको जारको अधिकत्म मूल्य ५० तोकेको थियो तर अहिले पनि ६० रुपैयाँ अंकित तोकेर विक्रि भईरहेको छ । तर पानीको मुल्य घटाएको भन्दै नाक ठूलो पारेको विभाग भने अहिले मुकदर्शक बनेको छ ।

पछिल्लो सयम देशकै सबैभन्दा धेरै जनसंख्या भएको काठमाडौं महानगरपालिकाले गरेको बजार अनुगमनलाई हेर्दा प्रष्ट हुन्छ बारको अवस्था के छ भनेर । तर काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल भने बजार नियमनमा रहेको र कालोबजारी गर्नेलाई तत्काल कारबाही गर्ने बताउछन् ।

पछिल्लो एक महिना यता काठमाडौं महानगरको कृषि तथा पशु शाखाले गरेको अनुगमनमा बजारमा उपभोग्य मिति सकिएका देखि मुल्य सुचि निकालेर बढी मुल्य तोकिएका सामान बजारमा प्रसस्त भेटिएको शाखा प्रमुख हरि भण्डारीले बताएका छन् । महानगर अन्तर्रतगको शाखाले  अहिले सम्म एक सय ५१ पसलमा गरेको अनुगमनमा ३५ वटा पसललाई कारवाहि गरेको छ  भने १२ बजारबरको उपभोग्य म्याद गुज्रिएका बस्तुहरु नष्ट गरेको छ भने १२ लाख भन्दा बढी राजस्व संकलन गरेको छ ।

त्यस्तै गत बर्ष खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको पानीको अनुगमनमा १६ वाटा पानी उद्योग विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । बजार अनुगमन गर्ने विभिन्न निकायहरुले अनुगमनका नाममा बार्षिक करोडौं रुपैयाँ खर्च गर्ने गरेको भएपनि अहिले सम्म उपभोक्ता ठगिने क्रम रोकिएको छैन् ।

महानगको अनुगमनका उपभोक्त अधिकार कर्मीको तर्फबाट प्रतिनिधित्व गरिरहेका उपभोक्ता अधिकार कर्मी माधव तिमिल्सिना एक महिना घुम्दा बजारको अवस्था निरासा जनक रहेको बताउछन् । नियमनकारी निकायले नियमित अनुगमन नगर्दा बजारमा सुधार आउन नसकेको उनको बुझाई छ ।

बजार अनुगमन गर्ने निकायहरु धेरै भएपनि नियमित अनुगमन हुँदा कालोबजारी गर्ने व्यापारीको मनोबल उच्च भएर बजार कालेबजारी बढदै गएको उनको भनाई छ । अधिकार पाएका विभाग, कार्यलय देखि स्थानीय सरकारले नियमित बजार अनुगमन नगरे बजामा सुधार नआउने उनको भनाई छ ।लगातार तीन बर्ष सम्म ६ प्रतिशत भन्दा माथि रहेको नेपालको आर्थिक बृद्धि दरमा कोरोने ठूलो असर पारेको छ । उपभोक्ताको गरिद क्षमता घट्दा आयात घटदै गएको छ जसलाई सरकाले भुक्तानी सन्तुलनमा बढदै गएको भनिरहेको छ । आयात मुखि अर्थतन्त्र भएको नेपालमा बस्तुहरुको आयात घटदा त्यसको प्रतक्ष्य असर राजश्वमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *