ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अर्थतन्त्र गम्भिर संकटमा, सरकार भन्छ भुक्तानी सन्तुलन ठिक छ

सरकारले अर्थतन्त्रका सूचकहरु सन्तोष जनक रहेको बताएपनि बजारको अवस्थालाई हेर्दा अर्थतन्त्रमा ठूलो असर परेको अर्थविद्हरुले बताएका छन् । कोभिडका कारण बेरोजगारी दर बढेर ४९ प्रतिशतमा पुग्दा उपभोक्ताको खरिद क्षमता घटदै गएको छ । जसका कारण अर्थतन्त्रमा ठूलो आसर परेको छ ।

नेपालको अर्थतन्त्रका प्रमुख सूचकहरु मापन गर्ने एउटा आधार नेपालीको मुख्य चाड दशै हो । कारोनाका कारण गत चैत्रमा लकडाउन भएको केही समय पछि कोरोनाले नेपालको अर्थतन्त्रमा पर्ने असरको विषयमा अर्थविद् सँग जिज्ञसा राख्दा अर्थविद्हरुले त्यसको निर्धारण दशै व्यापारले गर्ने बताएका थिए । अर्थ विद्को यस भनाईलाई नेपाल राष्ट्र बैकका प्रवक्ता गुणाकर भट्टको भनाले अहिले पुष्ठी गरेको छ । प्रवक्ता भट्टका अनुसार गत आर्थिक बर्षको पहिले चौमासिकमा १० खर्ब बराबरको बस्तुको उपभोग भएको थियो भने अघिल्लो आर्थिक बर्षमा ८ खर्ब बराबरको भएको थियो ।

गत आर्थिक बर्षमा नेपालको कुल ग्रास्र्थ उत्पादन ३७ खर्ब ६७ अर्बको थियो, जसको ८२ प्रतिशत उपभोग भएको भट्टको भनाई छ । नेपालमा ग्राहकको खरिद क्षमबाट १४ प्रतिशत राजस्व संकलन हुने गरेको छ ।

लामो समयको लकडाउन र त्यसपछिको बन्दाबन्दीले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने साना तथा मझौला व्यावसायमा बन्द हुँदा त्यसको असर बेरोजगारीमा परेको हो । जसको कारण नेपालको बेरोजगारी दर बढेर ४९ प्रतिशत पुगेको अर्थविद् प्रा।डा। विश्वम्बर प्याकुरेलको भनाई छ ।

कोभिडका कारण सम्पूर्ण क्षेत्र ठप्प हुँदा प्रतक्ष्य क्षेत्रबाट सरकारले आम्दान्नी गुमेको त छनै अप्रतक्ष्य क्षेत्र समेत प्रभावित हँदा नेपालको अर्थतन्त्र भयावह अवस्थामा पुग्ने अवस्था आएको अर्थविदहरुको भनाई छ । जसरको प्रतक्ष्य असर बजारमा देखिएको छ । विगतका बर्षहरुमा समग्र व्यापारको ५० प्रतिशत व्यापार हुने सिजनमा यो बर्ष भने व्यापार आईसियुमा पुगिसको व्यापारीहरु बताउछन् । उपभोक्ताको खरिद क्षमता घटदा सिजनमै व्यापार शून्यप्राय भएको छ ।

विश्व बैंकले हालै सर्वजनिक गरेको तथ्याङक अनुसार चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धि दर शून्य दशमलब २ प्रतिशत रहने अनुमान गरेको छ भने आगामी आर्थिक बर्ष शून्य दशमलब ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *