ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काेराेना संक्रमितकाे संख्या एक लाख नाघेपछि सरकारले सुरु गर्याे एन्टिबडी परीक्षण

काेराेना संक्रमितकाे संख्या एक लाख नाघेपछि सरकारले एन्टिबडी परीक्षण गर्न थालेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली आजदेखि सातवटै प्रदेशमा खटाएको छ ।

काठमाडौँमा तालिम पश्चात टोलीलाई आज सबै प्रदेशमा खटाइएको हो । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने अध्ययन गर्न टोली परिचालन गरिएको बताएका छन् । अध्ययनबाट नेपालमा समुदायस्तरमा सङ्क्रमण फैलिएका छ वा छैन र फैलिएको रहेछ भन्ने कुन तहमा रहेको छ भन्ने पनि पत्ता लगाउन सकिने बताए। एन्टिबडी परीक्षणका लागि समुदायमा ‘सेरो प्रिभिलेन्स’ अध्ययन गरिने छ । टोली आज सम्बन्धित स्थानीय तहमा पुगेर शनिबार स्थानीय प्राविधिकसँगकाे तालिम पश्चात आइतबारबाट रगतको नमुना सङ्कलन गर्नेछन् ।

नेपाल अहिले सङ्क्रमणको दोस्रो चरणमा रहेको छ । सङ्क्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ । गत चैतमा विदेशबाट कैलाली घरमा आएका एक जनामा व्यक्तिबाट घरमै रहेका अर्को स्थानीय व्यक्तिमा सङ्क्रमण सरेपछि मन्त्रालयले नेपालमा दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो । सङ्क्रमणको तेस्रो चरण भनेको समुदायमा सङ्क्रमण फैलिएको भन्ने हुन्छ तर नेपालमा कुनै खासखास ठाउँमा (क्लस्टर)मा सङ्क्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिले केही जिल्लाका खासखास ठाउँमा (क्लस्टरं)मा सङ्क्रमण फैलिएको छ।समुदायमा कुन तहसम्म फैलिएको छ भन्ने त अध्ययनबाट थाहा हुन्छ । गत माघ १० गते नेपालमा पहिलो पटक सङ्क्रमण देखिएको थियो । अहिलेसम्म नेपालमा १ लाख ६ सय भन्दा धेरै जनामा सङ्क्रमण देखिएको छ । यस्तै ७३ हजार भन्दा धेरै स्वास्थ्य लाभ लिएर घर फर्किसकेका छन्। ६सय जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। महाशाखाले एन्टिबडी परीक्षणका लागि प्रत्येक प्रदेशमा छ समूह परिचालन गरेको छ । ती समूहले बच्चा, वृद्धा, महिला, युवालगायत विभिन्न उमेर तथा समूहका ट्राभल हिस्ट्री भएका र नभएका मानिसको रगत सङ्कलनबाट एन्टिबडी परीक्षण गर्ने छन् । यस्तै सङ्क्रमित भएका र नभएकाको पनि एन्टिबडी परीक्षण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *