ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एक सय ४६ औं विश्व हुलाक दिवस नेपालमा पनि मनाइयाे

हरेक वर्षको अक्टोबर ९ मा मनाउने विश्व हुलाक दिवस नेपालमा १ सय ४६ औं वर्षको रुपमा मनाईंएको छ । यसवर्ष ‘मोर देन मेल’ भन्ने नारासहित मनाइएको हुलाक दिवसको सन् १८७४ मा जापानको टोकियोमा अन्तराष्ट्रिय हुलाक स‌ंघको गठन भएको सम्झनामा सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन सुरु गरिएको थियो । घरबाट धन कमाउने आशामा विदेशिएका र त्यसै मध्येका घरपरिवारका सदस्यसँग हालखबर छुट्टाउने माध्यम हुलाक नै थियो । कतै त चराचुरुङ्गीमा परेवाबाट सन्देश पठाउने समत गरिन्थ्यो । धेरैपरसम्म चिठी र खबर पुर्याउन धेरै जना हुलाकीहरु कयौं दिन सम्म पैदल यात्रा गरि धेरै टाढा टाढा सम्म पुग्ने गर्दथे ।

हुलाकि दाई गाउँमा आएभने आफ्नो कोही सदस्यलाइ पठाउनु पर्ने सन्देश र परदेशीले पठाएको केही सन्देश छ भने हतारहतार सिङंगो गाउँ हुलाकीको नजिक पुग्रनु पर्थ्यो । अर्थात प्रविधिको पहुँच नभएको समयको सन्चार माध्यम हुलाक थियो । त्यतिवेला रेडियो, टिभी, इन्टरनेट भनेको हुलाकि दाइहरु हुन्थे रातदिन नभनि पत्र पूर्याउन गाँउगाँउमा हुलाकीहरु पत्रको झोला सहित हिँड्ने गर्दथे । काठमाडौंको चारखाल स्थित गोश्वरा हुलाक कार्यालयमा कार्यक्रम गरी मनाईएको विश्व हुलाक दिवसमा हुलाक सेवा विभागले प्रविधिको चुनौति र अवसरसँगसँगै हुलाक सेवालाई थप प्रभावकारी बनाउनुपर्ने आवस्यकता रहेको बताएको छ ।

हुलाक सेवा विभाग आज भन्दा २ सय वर्ष अगाडीबाट सुरु भएको हुलाकी सेवा अहिले भने प्रविधिको पहुँचले खासै मान्यता दिएको पाईँदैन । आएको पत्र पढ्ने मान्छेहरुले साक्षरताको अधिकतम उपयोग नै पत्र पढ्दा गर्दथे, अहिले जुनसुकै पढन र लेख्न जान्ने भएका छन् । हुलाकी दाई मेरो पत्र आएको छ भनेंर सोध्ननु पर्ने समय पनि छैन । बिहान उठेर इन्टरनेटमा इमेल सामाजिक सन्जालले टाढाका सूचना र फोन सम्पर्कबाट सम्पूर्ण सोधखोजका विषयमा सहजता भएको छ । पत्र र सन्देश उही हो केवल प्रविधिले केही परिवर्तन भएको देखिन्छ । सेवा प्रवाहलाई समयसापेक्ष बनाउन संगठनको संरचनात्मक सुधार, कर्मचारीमा उत्प्रेरणा र स्रोतसाधनको उपयोग अधिकतम बनाउनुपर्नेमा जोड दिंदै हुलाक सेवालाई समय सापेक्ष र प्रतिस्पर्धि बनाउन सबै कर्मचारीले उच्च मनोबलका साथ काम गरी हुलाक सेवा अझै प्रभावकारी बन्ने हुलाक विभागले बताएको छ ।

हुलाक सेवा विभाग अझै पनि कतिपय शहर अनि ठाँउहरुमा पत्र लेख्ने हुलाकीरुको मान्यता पनि हराएको छैन् । सरकारी कार्यलय देखी अदालतहरुमा समेत पत्र लेख्ने नियम हालसम्म कायमै छ । विस्तारै आकाशवाणी, ट्रकंल फोन, दुरसंचार, मेसेन्जर, च्याटरुम, ईमेल, फेसवुक, ट्वीटर हुँदै हातहातको मोवाइलले यो यूगको सञ्चारलाई नयाँ परिभाषा दिएको छ । तर हुलाकको सम्झनामा स्कूलमा लेखन अभ्यासको क्रममा वूवा, आमा या साथीलाई पत्र लेख्दै सिकेर आएका छन् र यसरी चिठीलेख्दा प्रापक र प्रेषक भनेँर हुलाककै सञ्चारआधारमा अभ्यास समेत हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *