ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना संक्रमितको सङ्ख्या लाख नाध्यो तर सरकारी तयारी शून्य- सरकार र नागरिक दुवै जिम्वेवार बन्न विज्ञको सुझाव

नेपालमा कोरोना संक्रमितको सङ्ख्या एक लाख नाधेको छ तर कोरोना नियन्त्रणमा सरकारी तयारी भने शून्य जस्तै बनेको छ । संक्रमितको व्यवस्थापन गर्न नसकेको सरकार कहिले बेहोस भएपछि मात्र अस्पताल आउन भन्दै गैरजिम्मेवार जवाफ दिन्छ त कहिले कारवाहीको चेतावनी दिदै हिन्छ । केही दिन अघि बेहोस भएपछि मात्र अस्पताल आउन आग्रह गरेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबार संक्रमण पुष्टिभएका मानिस बाहिर निस्केको पाइएमा संक्रामक रोग ऐन अनुसार  ६ महिना जेल सजाय गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।

प्रवक्ता गौतमले दिएको जानकारी अनुसरा नेपालमा कोरोना स्क्रमितको सङ्ख्या १ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा १३ हजार २ सय ७९ को पिसिआर परिक्षण गर्दा २ हजार ५९ जनमा कोरोना संक्रमण पुष्टि हुदाँ कुल कोरोना संक्रमितको सङ्ख्या १ लाख ६ सय ६७ पुगेको छ । देशभर क्वारेन्टिनमा ४ हजार ७  सय ३ जना र आइसोलेसनमा २७ हजार ५३ जना रहेकोमा होम आइसोलेसनमा बस्नेको सङ्ख्या धेरै छ ।

गत चेत्र ११ गते नेपालमा संकृय संक्रमित एक जनाहुदाँ गरिएको लकडाउन एकलाख हुदा खुल्ला भइसेको छ । छ महिना लामो लकडाउन र पटक पटकको निषेधाज्ञा लगाएर सरकार कोरोना नियन्त्रणका लागि परेको अपेक्षा जनताले गरेका थिए ।

दैनिक १० हजार परिक्षण गर्ने बाचा देखि उपत्यकामा मात्र ३ सय शैयाको सरुवा रोग अस्पताल बनाउने प्रत्येक प्रदेशमा ५ देखि १० शैयाको अस्पताल वनाउने घोषणा गरेको सरकारको प्रगिति विवरण लाजमर्दो छ ।

१ हजार ५ सय ५१ आइसियु बेड थपेर  २ हजार ६ सय

देशभर ७ सय ७० भेन्टिलेटर बढाएर  ९ सय

० शून्य परिक्षण केन्द्रबाट ५७ वटा परिक्षण केन्द्र

आइसियुर भेन्टिलेटर अवाभ मात्र हैन असुरक्षीत आइसोलेसन केन्द्र

स्वास्थ्य सामग्री खरिद प्रकण देखि परिक्षणमा नीजि अस्पतालको विवाद त परको कूरा आइसोलेसन नै नपाएर विरामीको मृत्यु हुदाँ पनि सरकारको काम विश्वभरबाट प्रसंशा हुने गरी गरेको ढुङ पिटिरहेको छ । सरकारको त्यो हैयावाट जनस्वास्थ्यका जानकार भने सन्तुष्ट छेनन् । सरकारले जुन गतिमा तयारी गर्नु पर्ने हो त्यो नगरेका कारण देशमा कोरोना भयावह हुने भन्दै चिन्ता व्यक्त गर्दे जनस्वास्थ्य विद रविन्द्र पाण्डेले सामाजिक सञ्जाल मार्फत विभिन्न सुझाव दिएका छन् ।

 सामाजीक सञ्जाल मार्फत पाण्डेले दिएका सुझावहरु यस्ता छन् ।

  •  जनस्वास्थ्यका मापदण्ड पालना गराउन, अनुगमन र निगरानी प्रभावकारी बनाउन गृह मन्त्रालयले बिशेष अभियान संचालन गरोस । स्वास्थ्य मन्त्रालयले परिक्षण ब्यापक गर्ने, हरेक अस्पताललाई चुस्त राख्ने, आबश्यकता अनुसार  ठूला  अस्पताल तथा मेडिकल कलेजलाई कोरोना डेडिकेटेड अस्पताल बनाउने काम गरोस
  • सेनालाई १ हजार बेडको कोभिड डेडिकेटेड अस्पताल (प्रिफ्याबको अस्थायी)  तथा १० हजार बेडको आइसोलेसन केन्द्र बनाउन सरकारले स्थान, साधन, स्रोत र छोंटो समय प्रदान गरोस
  • महानगरले ५ हजार बेडको आइसोलेसन केन्द्र बनाउने भनेको थियो, त्यो कार्यान्वयन होस
  • हामी आम नागरिक सम्भव भएसम्म घरबाहिर निस्किने नगरौं १ सामान्य Exposur ले पनि धेरै व्यक्ति संक्रमित भएका छन्, अस्पताल भरिभराउ छन्
  • घरबाहिर निस्किन अनिबार्य भएमा सहि तरिकाले मास्क लगाऔं, जसरी सम्भव हुन्छ, व्यक्तिगत दुरी कायम गरौँ, भीडमा जाने दुस्साहस नगरौं
  • जसरी ज्यान जोगाउन तालचरा साइबेरियादेखि नेपाल आउँछन्, प्रतिकुल समयमा सर्पलगायत सरिसृप दुलोभित्र बस्छन्, जंगली जनावर कहिले यो देशमा त   कहिले त्यो देशमा  नेपालमा बसाइ सर्छन् ।। त्यसै गरेर महामारीबाट बच्न सुरक्षित ठाउँमा बसौं । यो सम्पूर्ण प्राणिको प्राकृतिक तथा नैसर्गिक स्वभाव हो ।  ७ दशमलव ९०प्रतिशत संक्रमितलाई सामान्य लक्षण देखिएर वा सामान्य उपचारले निको हुन्छ । बाँकि ५ प्रतिशतलाई अप्ठ्यारो गरि निको हुन्छ ।  बाँकी ५ प्रतिशतलाई आइसीयुको सेवा आबश्यक हुन्छ ।  कोरोनाले कसलाई कसरी आक्रमण गर्छ भन्ने कुरा थाहा हुँदैन र त्यो ५ प्रतिशत मा हामी जो कोहि पनि पर्न सक्छौं ।  तसर्थ १०० प्रतिशत साबधानी अबलम्बन गरौँ । कोभिडलाई सामान्य नठानौं ।  नेगेटिभ रिपोर्ट आउनु मात्र स्वस्थ हुनु हैन ।  लंग कोभिड वा पोस्ट कोभिड सिन्ड्रोमका दीर्घकालीन असर देखिएका छन् ।
  • – आधिकारिक सूचना र सल्लाह मात्र अनुसरण गरौँ । भाइरसको स्वरूप र शक्ति परिवर्तनशील हुने तथा त्यहि परिवर्तन अनुसार बैज्ञानिक वा विज्ञको सल्लाह पनि समयानुकुल हुने भएकोले एकपटक भनेको कुरा अर्को पटकको लागि पनि कम उपयोगी हुन सक्छ । तसर्थ अपडेट हुने बानी बसालौं

 -राजनैतिक पार्टी, सामाजिक संस्था, क्लब, नागरिक समाज, शिक्षक, पत्रकार, स्वास्थ्यकर्मीलगायत         सबै पेशा र संस्थाले जनचेतनाको लागि नागरिक परिचालन गरौँ ।

महामारीको समयमा सकारात्मक सोंच, सहयोगी ब्यबहार तथा आशाबादी गुण नै ठूलो अस्त्र हो । तसर्थ आरोप प्रत्यारोप गर्नुभन्दा आफ्नो ठाउँबाट के सकिन्छ, कसरी सकिन्छ, योगदान गरौँ । सरकार र नागरिक जिम्मेवार तथा अनुशाशित बनौं । यहि एकताले नै हामीले कोरोना महामारीलाई परास्त गर्न सक्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *