प्रधानमन्त्रीका तीन सल्लाहकारले जिते कोरोना

प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकारको कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन् । तीनै जनाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्

‘प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनले सामाजिक सञ्जाल ट्वीटरमा हामीले कोरोना संक्रमण जितेका छौँ भनि लेखेका छन् ।
यता, रिमालले पनि फेसबुकमा संक्रमणमुक्त भएको जानकारी दिँदै कोरोना केही होइन भन्नु अतिरञ्जना र, कोरोना लागेपछि सिद्दियो भन्नु त झनै उत्तेजनापूर्ण अफवाह हो भनि उल्लेख गरेका छन् । तरिका पुर्याउँदा यो महामारीको असर अति न्यून हुन्छ लापरवाहीले ज्यानै जान सक्छ ।