ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुनको मुल्य फेरी बढ्यो

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं, लगातार घटेको सुनको मूल्य शुक्रबार फेरि बढेको छ । विहिबारको अघिल्लो भन्दा तोलामा ९ सय रुपैयाँले बढ्दै तोलाको ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार २ सय रुपैयाँले घटेर तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । साताको पहिलो दिन गत आइतबार ९४ हजार ५ सय रुपैयाँ रहेको सुन सोमबार तोलामा ४ सय रुपैयाँ घटेर ९४ हजार १ सय रुपैयाँ आइपुगेको थियो ।
मंगलबार ८ सय रुपैयाँले बढेर तोलाको ९४ हजार ९ सय रुपैयाँ भएको थियो भने बुधबार पुनः ८ सय रुपैयाँले घट्दै तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको भन्दा तोलामा १५ रुपैयाँले बढेर तोलाको एक हजार एक सय ९६ रुपैयाँ कायम भएको छ । बिहीबार तोलामा ५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य एकै दिनमा २५ डलरले बढेको छ । आज सुन प्रतिऔंस १९११.३२ डलर र चाँदी २४.३० डलरमा कारोबार भएको छ । बिहीबार सुन प्रतिऔंस १८८७.७१ डलर र चाँदी प्रतिऔंस २३.८४ डलरमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *