ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अपि पावर कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद निष्कासन गर्दै

अपि पावर कम्पनी लिमिटेडले आगामि कात्तिक १४ गतेदेखि सेयर धनीहरुका लागि १ दशमलब शुन्य४७ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँको ५६ लाख ७० हजार कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद सेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा सिद्धार्थ क्यापिटल, काठमाण्डौको थापाथलीस्थित ट्रेड टावरमा रहेको अपि पावर कम्पनीको कार्यालय, सिद्धार्थक बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर बाट पनि आवेदा निद सकिने छ ।
आवेदन दिने अन्तिम मिति मंसिर ४ गते बैंकिङ समयसम्म तोकिएको छ । कम्पनीको हालको चुक्तापुँजी एक अर्ब १९ करोड सात लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि कम्पनीका चुक्तापुँजी एक अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुग्नेछ ।

हकप्रद निष्कासनार्थ कम्पनीले गत २०७६ चैत १ गते बुक क्लोज गरेको थियो। यसर्थ २०७६ फागुन ३० गतेसम्म कायम सेयरधनीहरु मात्र हकप्रदमा आवेदन दिन योग्य हुनेछन्।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको यो हकप्रदलाई इक्राएनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *