नेपालको आर्थिक वृद्धिदर शुन्य दशमलव ६ प्रतिशतमा खुम्चने विश्व बैंकको प्रक्षेपण

सन २ हजार २० मा शुन्य दशमलव २ प्रतिशतमात्र रहेको नेपालको आर्थिक वृद्धि २ हजार २१ मा यो बढेर शुन्य दशमलव छ प्रतिशत पुग्ने अनुमान विश्व बैंकले गरेको छ । विहिवार सार्वजनिक गरिएको विश्व बैंकको अर्धवार्षिक अपडेटका अनुसार कोरोनाको विनाशकारी असर जारी रहेका कारण दक्षिण एशिया यस वर्ष हालसम्मकै शुक्ष्म मन्दीमा डुबेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । कोभिडका कारण दक्षिण एसियाको अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेका छन् जसका कारण दक्षिण एशियालीहरु चरम गरीबीमा धकेलिदैं गएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

पछिल्ला पाँचवर्षहरूमा लगातार वार्षिक ६ प्रतिशतको हाराहारीमा रहेको दक्षिण एशियाको आर्थिक संकुचन दर सन् २०२० मा सात प्रतिशतले संकुचित हुने आँकलन विश्व बैंकले गरेको छ । यस प्रतिवेदनले दक्षिण एशिया भरी अपेक्षा गरिएको भन्दा निकै तिब्र आर्थिक वृद्धिमा गिरावट हुने प्रक्षेपण गरेको छ । सन् २०२१ मा क्षेत्रिय वृद्धि ४ दशमलव ५ रहने अनुमान छ । जनसंख्या वृद्धिको अनुपात हेर्दा यस क्षेत्रको प्रतिव्यक्ति आय सन् २०१९ मा अनुमान गरिए भन्दा ६ प्रतिशतले कम रहने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।
अबको समयमा हासिल गरिने आर्थिक वृद्धिले पनि विद्यमान महामारीको स्थायी आर्थिक क्षतिलाई परिपुर्ति गर्नेछैन भन्ने यसले संकेतगरेको विश्व बैंकको प्रतिवेदनले उल्लेख गरेको छ । अघिल्ला मन्दीहरूमा खस्कदो लगानी र निर्यातले गिरावट ल्याउने गरेका थिए । निजी उपभोग, जुन परम्परागत रूपमा दक्षिण एशियामा मागको मेरुदण्ड र आर्थिक कल्याणको मुख्य सूचक थिए तर यिनमा आएको १० प्रतिशतले गिरावट आउन सक्ने भएकाले गरिबीको दर बढ्ने सक्ने भएकाले विगतको भन्दा यो अर्थिक मन्दी फरक भएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ। विप्रेषणमा आएको गिरावटले पनि अतिविपन्नहरूले तिब्र गतिमा आय श्रोत गुमाउने अनुमान विश्व बैंकको छ ।