स्वास्थ्य मन्त्री ज्यू रतन्धो लागेकालाई पनि दृष्टिदोषरहित जीवनको शुभकामना ?

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले केही समय पहिला दिएको टिप्पणी अहिले चर्चामा छ । सरकारले गरेको काम नदेख्नेलाई रतन्दो लागेको टिप्पणी गरेको विषय विश्व दृष्टि दिवसका दिन चर्चमा आएको हो ।
विश्व दृष्टि दिवसको अवसरका शुभकामना दिदै उनले भनेका छन् ‘नागरिकहरुको दृष्टिको सुरक्षाको लागि नेपाल सरकार सचेत र क्रियाशील रहेको विषय अनुरोध गर्दै आजको विश्व दृष्टि दिवसको सन्दर्भमा सम्पूर्णमा दृष्टिदोषरहित जीवनको कामना गर्दछु ।’
उनको यहि भनाईलाई लिएर चर्चा र बहस सुरु भएको हो । धेरैलाई उनले रतन्दो लागेका लाई पनि शुभकामना हो भन्दै प्रतिप्रश्न गरेका छन् ।
‘दृष्टिप्रतिको आश’ भन्ने मूल नाराका साथ आज विश्व दृष्टि दिवस मनाइँदै छ । नेपालमा सन् २०१२ को सर्वेक्षणले जनसंख्याको ०.३५ प्रतिशतमा दृष्टिदोषको समस्या रहेको देखाएको छ । यो समस्या सन् १९८१ को सर्भेक्षणमा ०.८४५ जनसंख्यामा रहेको थियो ।