आगामी अर्थमन्त्रीलाई दुई धारे तरवार चलाउनुपर्ने वाध्यात्मक छ – डा खतिवडा

आगामी अर्थमन्त्रीले दुई धारे तरवार चलाउनुपर्ने वाध्यात्मक अवस्था र आफु क्षमतावान भएकै कारण राजनीतिक नियुक्ति पाएको पूर्व अर्थमन्त्री डा . युवराज खतिवडाको दावी गरेका छन् ।बीबीसी नेपाली सेवामा दिएको एक अन्तर्वातमा उनले सो कुरा वताएका हुन् ।
आफुले अर्थमन्त्री हुँदा मितव्ययिता अपनाएको कारण १६ अर्व रुपैयाँ वरावरको वचत छोडेर गएको वताएका छन् । अनावश्यक दायित्व सृजना नगरेको कारण वचतको अवस्था सृजना भएको उनले वताएका छन् । कोभिडका कारण नेपालको अर्थतन्त्रको आर्थिक वृद्धि २ प्रतिशतमा खुम्चिनुले गरिवि निवारणका लागी तिव्रगतिमा आर्थिक वृद्धि हासिल गर्नुपर्नेमा अवस्थामा यसले व्रक लगाइदिएको उनको भनाई छ ।
कोभिडले अर्थतन्त्रमा संकुचनको अवस्था सृजना गरिरहँदा केही वृहत आर्थिक सुचाङ्कहरु भने सकारात्मक वनेको खतिवडाको दावी छ । रेमिटान्स घट्नुको सट्टा वढ्नु , आयातमा कटौति तथा थोरै भएपनि निर्यात वढ्नु , व्यपारघाटमा कमी आउनु अर्थतन्त्रका लागी सुखद संकेत भएको खतिवडाले वताएका छन् । हालको अर्थतन्त्रको व्याख्या गर्दै उनले चालु खाता वचतमा रहको वताएका छन् । त्यस्तै उनले मुद्रास्फिर्ती ४ प्रतिशत भन्दा कम रहेको, बैंकमा तरलता वढ्नुका साथै व्याजदरमा गिरावट आउनु र विदेशी मुद्राको सञ्चिति वढ्नुले अर्थतन्त्रको अवसर सृजना गरेको वताएका छन् । तर आर्थिक वृद्धिमा आएको गिरावटका कारण लागानीमा आएको संकुचलनलाई उनले चुनौतिको रुपमा हेरेका छन् ।

नेपालल विगत केही वर्ष देखी करिव ७ प्रतिशतको आर्थिक गरिरहेकाले अर्थतन्त्रमा ओभर हिटिङअर्थात वढी तातेको अवस्था भएको वताउँदै कोभिड अघीको आर्थिक वृद्धिले व्यवसाय तथा लागानी वढ्दा कर्जाको माग वढी भएको वताएका छन् । उक्त समयमा निर्माणका कार्यहरु तिव्ररुमा अगाडी वढीरहेकाले वस्तुको वढी माग हुँदा आयात वढेकाले व्यपारघाटा वढेको र चालु खाता ऋणात्मक वन्दा भुक्तानी सन्तुलनमा दवाव परेको खतिवडाले वताएका छन् । कोभिडका कारण सरकारको आम्दानी घटेसँगै सरकारी खर्चमा पनि गिरावट आएको छ ।
सरकारी खर्चमा वा लागानीमा कमी आउँदा आगामी दिनमा गर्नुपर्ने उच्चदरको आर्थिकको वृद्धिमा असर गर्ने चिन्ता रहेको छ – उनले भने । यो आर्थिक वर्ष पनि दुई प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुनसक्ने अपेक्षा उनले गरेका छन् । आगामी वर्ष लकडाउनमा पनि कृषि लागायत केही अनौपचारिक क्षेत्र , निर्माण क्षेत्रहरु अगाडी वढेकाले २ प्रतिशतको आर्थिक वृद्धि कायम नै रहने उनको धारणा छ । ठुला ठुला सेवा क्षेत्रमा निर्भर भएका अर्थतन्त्र जस्तो नेपालको अर्थतन्त्र सेवा क्षेत्रमा निर्भर नभएकाले नेपालमा कोभिडको असर न्युन नै पर्नेमा उनी विश्वत देखिन्छन् । उनले घुमाउरो भाषामा आफुले प्रस्तुत गरेको वजेटको वचाउ गर्दै साउन महिनासम्म स्थिति सामान्य हुने अवस्था देखिएकाले वजेटमा ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिएको वताएका छन् तर अवस्था विग्रदै गएको भने उनले स्वकार गरेका छन् ।
नेपाल राष्ट्र बैंकको साउन महिनको प्रतिवेदनले आर्थिक सुचाङ्क सुधारान्मुख देखाएपनि यो स्थिति यथावत रहलता भन्ने प्रश्नमा खतवडाले आयात लगभग सामान्य अवस्थामा फर्किन लाग्दा भन्सार राजस्व प्रभावित नभएपनि अघिल्लो बर्ष मानिसको आम्दानी घटेकाले प्रत्यक्ष करमा गिरावट आउने हुँदा राजस्वमा कमीआउँछ । त्यस्तै निर्माणका कामहरु अगाडी नवढ्दा निर्माण सामाग्रीवाट संकलन हुने मुल्य अभिवृद्धि करमा गिरावट आउने देखिन्छ । जसले सरकारी आम्दानीको स्रोतमा संकुचन आउने खतरा वढेको उनको भनाई छ । जसले गर्दा अर्थतन्त्र पुरानै लयमा फर्कन थप समय लाग्ने देखिन्छ । यसको प्रभावले नेपालको अर्थतन्त्रमा खासै ठुलो संकट नआएपनि तिव्ररुपमा अगाडी वढ्ने गतिमा चाँही व्रक लागेको खतिवडाले वताए ।
सरकारी खर्च धान्न नेपाल सक्षम होला त भन्ने प्रश्नमा खतिवडाले पहिलो चौमासिकमा प्रदेश र स्थानिय तहको समानिकरण अनुदानको रुपमा ठुलो रकम पठाउनुपर्ने, यही चौमासमा दशौ भत्ता सहित २ महिनाको कर्मचारीको तलव भुक्तानी दिनुपर्ने दायित्व भएपनि गत आर्थिक वर्षको सरकारको ढुकुटीमा करिव १७ अर्व रुपैयाँ रहेको र दातृ निकायहरु अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र एसियाली विकास बैकले गत आर्थिक वर्ष ६० अर्व रुपैयाँको नगद सहयोग राष्ट्र बैंकको खातामा रहेको तथा अन्य थुप्रै आर्थिक साहयताहरुमा हस्ताक्षर भएको र केही आउनेक्रममा रहेकाले खर्चको समस्या नहुने उनको तर्क छ । विकास खर्चमा कटौति गरी चालु खर्च धान्नुपर्ने वाध्यात्मक अवस्था भने सृजना भएको खतिवडा सुनाउँछन । तर चालु खर्च धान्नका लागी वैदेशिक साहयताको परिचालन गर्नु भन्दा आन्तरिक ऋण उठाउन नै उपुक्त भएकाले आगामी कार्तिक महिनामा सरकारले आन्तरिक ऋण उठाउन सक्ने भएकाले नगद प्रवाहमा खासै असर गर्ने उनको अनुमान छ ।

आगामी अर्थमन्त्रीका लागी आफुले स्थिति सहज वनाएर गएको खतिवडाले तर्क गरेका छन् । उनले विगतमा ऋणात्मक वनेका आर्थिक सुचाङ्कहरु सकारात्मक वनाइदिएको , वजेट अनुशासन कायम गराउन सफल भएको , कुनै पनि असिमित वित्तिय दायित्व सृजना नगरेको वरु १६ अर्व जति सरकारको ढुकुटिमा पैसा छोडेर गएको वताएका छन् । आगामी अर्थमन्त्रीका लागी एकातिर कोभिडका रोकथाम तथा नियन्त्रणका लागी खर्चको स्रोत जुटाउनुपर्ने र अर्को तर्फ नियमित अर्थतन्त्र सञ्चालन गर्न विद्यमान राजस्वको स्रोत जिवन्त राख्नुपर्ने चुनौति रहेको उनी वताउँछन् । कोभिडसँगै लड्दै अर्थतन्त्रमा आउन सक्ने मन्दीको सामाना गर्न आगामी अर्थमन्त्रीले दुई धारे तरवार चलाउन पर्ने वाध्यात्मक अवस्था सृजना भएको उनी वताउँछन् ।

उनले आफु कसैको निगाह वा कृपले भन्दा पनि आफ्नो क्षमताले राष्ट्रिय योजना आयोगको सदश्य र दुई पटक उपाध्यक्ष , नेपाल राष्ट्र बैंक गर्भनर , राष्ट्रिय सभा सदश्य र हाल आएर अमेरिका लागी राजदुत सिफारिस भएको वताएका छन् । तर पनि राजनीतिक नियुक्ती पाएको हो भन्ने विषयमा कुनै पनि दुईमत नरहेको र यस्ता आलोचनालाई आफुले सहजरुपमा लिएको समेत उनले वताएका छन् ।