ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सानिमाको आईपिओमा पहिलो दिनमै पर्यो दुइ गणा बढि आवेदन

बुधबार देखि खुलेको सानिमा जनरल इन्स्योरेन्सको आईपिओमा पहिलो दिनमै दुई गुणा बढि आवेदन परेको छ । कम्पनीले २७ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेको थियो तर पहिलो दिन मै ६१ लाख ४४ हजार ९ सय ५० कित्ताका लागि आवेदन परेको छ ।
पहिलो दिन साँझ ५ बजेसम्म २ लाख ६५ हजार ६ सय १६ जना आवेदकबाट उक्त कित्ताको लागि आवेदन परेको छ । यो कम्पनीले माग गरेभन्दा २ दशमलब २५ गुणा बढी आवेदन परेको हो । कम्पनीले निष्कासन गरेको ३० लाख कित्तामध्ये एक लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको । भने बाँकी रहेको २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।


छिटोमा असोज २५ गतेसम्म र सेयर बिक्री नभएमा ढिलोमा कात्तिक ६ गतेसम्म आवेदन दिन सक्ने मिति तोकिएको भएपनि पहिलो दिनमा नै माग भन्दा बढी आवेदन परेकाले आवेदन दिने मिति ढिलासम्म नपुग्ने देखिन्छ । आवेदकहरुले साधारण सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । आइपीओ खरिद गर्न चाहनेहरुले बिक्री प्रबन्धकसँगै सी–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयरको माध्यमबाट घरबाटै पनि आवेदन दिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *